काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को शनिवार राति बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज पनि बस्दैछ । शनिवार राति अबेरसम्म चलेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहिरहने कि बाहिरिने भन्नेबारे ठोस निर्णय लिन सकेन ।
राति ९ देखि झण्डै ११ बजेसम्म चलेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको अडानका विषयमा छलफल केन्द्रित भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका साथै समग्र विषयमा पनि छलफल भएको बताउँदै एक नेताले अझै बाँकी रहेकाले आइतवार बिहान साढे ११ बजे पुनः बैठक बस्ने जानकारी दिए । अनुसार शनिवारको बैठकमा सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले गृह मन्त्रालयको विषयमा मात्रै पार्टी नअड्किएको भन्दै समग्र विषयमा छलफल भएको बताए ।
यसअघि रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गर्दै माग पूरा नभए सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको थियो । जसअनुसार शनिवारसम्मको अल्टिमेटम दिइएकोमा रास्वपा अनिर्णित बनेको छ ।
प्रतिक्रिया