ताजा अपडेट »

मलेसियाली गृहमन्त्री औपचारिक भेटवार्ता आजबाट सुरु हुने

शुक्रबार, २० माघ २०७९

काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन । 

हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षि  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको हिजो जानकारी दिएका छन ।

पराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसियाली गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग सम्वाद गर्न सक्नेछन ।