ताजा अपडेट »

आफ्नाे जन्मदिनमा बालक अंश अधिकारीले गरे पवित्र समाज सेवालाई आर्थिक सहयोग

विहीबार, १९ माघ २०७९

काठमाडौं । न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा अनाथ आश्रमलाई ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । आजबाट ५ वर्षमा लागेका अंशले काठमाडौँको बुढानिलकण्ठमा रहेको पवित्र  समाज सेवा नेपालमा रहेका अनाथ बालबालिकाहरुका लागि भनेर आफू जन्मेको दिनको अवसरमा उक्त रकम सहयोग गरेको अंशका बाबु डाक्टर रमिल अधिकारीले जानकारी दिए ।

न्युजिल्याण्डमा नै जन्मिएका अंश आजबाट नै औपचारिक रुपमा नयाँ प्रवेश्य तहमा सेन्ट जोसेफ अपरहटमा स्कुल सुरु गर्दैछन् । उनले आफ्नो जन्मदिन स्कुलमा साधारण तरिकाले केक मात्रै काटेर मनाउने र पार्टी नगर्ने अंशका बाबु डा अधिकारी बताउँछन् ।

अंशले  न्युजिल्याण्डबाट पठाएको उक्त रकम बुझ्दै पवित्र समाज सेवा नेपालकी अध्यक्ष दीक्षा चापागाईंले ५ वर्षको बाबुले आफ्नै समान उमेरका बाबु आमा नभएका बालबालिकाका लागि गरेको सहयोग स्रहानीय भएको बताइन् ।