ताजा अपडेट »

खर्च कटौती मात्रै पर्याप्त होइन, अब आर्थिक नीति पनि सुधार हुन्छ : अर्थमन्त्री पौडेल

विहीबार, १९ माघ २०७९

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्च कटौती गरेर मात्रै समस्या समाधान नहुने भएकाले आर्थिक नीतिनै परिवर्तन गर्न आवश्यक देखिएको बताएका छन् । बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउन नहुने बताउँदै उनले बजेटको आकारलाई वास्तविक बनाउनुपर्नेमा जोड दिए ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको बताए। खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे ।

आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताए । अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने अर्थमन्त्रीले बताए । उनले ब्याजदरका विषयमा आपसमा बसेर छलफल
गर्नुपर्ने बताए ।