बुटबल । लाफा समुह बुटबलले आयोजना गरेको दोस्रो लाफा प्रथम उपमेयर कप बि लेबल भलिबल प्रतियोगिताका पहिलो संस्करणको खेलमा ६ टिमले जित निकाल्न सफल भएका छन् । प्रतियोगितामा ईभालुलेसन भलिबल क्लबर र बदेल पोखरी भलिबल क्लब बीच शुक्रबार भएको खेलमा इभालुलेसन भलिबल क्लबले जित निकालेको छ ।
खेलको पहिलो सेटमा ईभालुलेसनलाई २३ मा रोक्दै बदेलपोखरीले जित निकाले पनि त्यसपछिका २ सेटमा जित दर्ता गर्दै ईभालुलेसनले खेल आफ्नो पक्षमा पारेको हो । उसले २५–१८ र १५–१३ का सेटमा जित दर्ता गरेको हो । तेस्तै लाफा भलिबल क्लब र लाफा ब्याडमिन्टन ग्रुप बीच भएको खेलमा लाफा भलबिल सोझो सेटमा हराउँदै लाफा समुहले जित निकालेको छ । शुक्रबार नै भएको हिल साईड भलिबल क्लब र सिद्धार्थ भलिबल क्लब बीचको खेलमा सिद्धार्थ भलिबलले सोझो सेटमै खेल आफ्नो पक्षमा पारेको छ । यसैगरी दिब बोर्डिङ भलिबल क्लब र चरङ्गे भलिबल क्लब बिच भएको खेलमा चरङ्गे भलिबल क्लबले जित निकालेको छ ।
दँगा प्रहरी गण सुनवल र तिलोतमा भलिबल समुह बीच भएको खेलमा दँगा प्रहरी गणले जित निकाल्न सफल भएको छ । यस्तै मँगोलियन ग्रुपले तिनाउ गाउँपालीकालाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । लाफा समुहलाई पराजित गर्दै न्यु होराईजन भलिबल क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ ।
३ दिन सम्म सन्चालन खेलमा खेलमा प्रथम हुने टिमले ४५ हजार कप मेडल प्रमाणपत्र पाउने छन भने दोस्रो हुने टिमले २५ हजार सिल मेडल प्रमाणपत्र पाउने छन । यस्तै तृतीय हुने टिमले १५ हजार शिल्ड मेडल प्रमाणपत्र पाउने छन भने सान्त्वना हुने टिमले ८ हजार नगद सिल्ड मेडल प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया