ताजा अपडेट »

सातौ पोल्ट्री दिवस बुटवलमा

बुधबार, १६ पुस २०७६

पुस १६,

ग्लोबल आवाज

बुटवल । विहिबार पुस १७ गते बुटवलमा सातौ पोल्ट्री दिवस मनाईने भएको छ । अण्डा उत्पादक किसान, ब्यवसायी र उपभोक्ताहरुलाई एकै ठाउ भेला गराई अण्डाजन्य परिकारको सेवनका फाईदा र यसका अन्य विविध विषयका बारे जानकारी दिने लक्ष्यसहित नेपाल अण्डा उत्पादक संघ र लुम्बिनी अण्डा उत्पादक संघको संयुक्त आयोजनामा कार्यक्रम हुने भएको हो ।

विहिबार बिहान बुटवलको राजमार्ग चौराहाबाट प्रभातफेरी, मिलन चोकस्थित डोल्से रेष्टुरेन्टमा अण्डाका परिकार प्रदर्शन, विज्ञहरु अन्तरक्रिया कार्यक्रम गरिने नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले बताए । देशका सबै स्थानहरुमा अण्डाको बारेमा जानकारी दिन नया नया स्थानमा कार्यक्रम गर्दै आएको उनले बताए । नेपालमा ब्यवसायीक अण्डा विपि कोईराला प्रधानमन्त्री हुदा भित्रिएको उनले बताए । विदेश भ्रमणको क्रममा उच्च जातका कुखुरा नेपालमा ल्याई ब्यवसायिक अण्डा उत्पादन शुरु भएको उनले बताए । पछिल्लो समय लागतमुल्य नपाउदा अण्डा उत्पादक किसानलाई कठिन भएको उनले दुखेसो गरे ।

नेपाली किसानसंग निर्यात गर्न सक्ने क्षमता भएपनि सरकारबाट आवश्यक सहयोग नहुदा समस्या परेको उनले बताए । लुम्बिनी अण्डा उत्पादक संघका जिल्ला वरिष्ठ उपाध्यक्ष गोपाल पाण्डेले रुपन्देहीमा पहिलोपल्ट कार्यक्रम गर्न लागेको बताए । किसान र उपभोक्तालाई प्रत्यक्ष भेटाउने काम कार्यक्रमबाट हुने उनले बताए । अहिले दैनिक ३२ लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । रुपन्देहीमा अण्डा उत्पादक ८३ जना किसानहरु छन । नेपालभरि भने संघमा आवद्ध १ हजार १ सय कृषकहरु छन ।