पुस १६,
ग्लोबल आवाज
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राममा रहेको क्यू.ए.ए. गुणस्तर प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा वी.एड. चौथो वर्षका विद्यार्थीका लागि भाषिक अनुसन्धान तथा व्यवहारिक लेखन तालिम सम्पन्न भएको छ । तालिम उद्घाटन गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीमा शोधकार्यको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिएको बताए ।
क्याम्पसको भाषा विषयका प्रमुख गोपाल पन्थीको अध्यक्षता तथा उप–प्राध्यापक माया घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, शिक्षाशास्त्र संकायका संकाय प्रमुख नारायणप्रसाद भुसाल लगायतले विद्यार्थीकालमा अनुसन्धान तथा लेखनशैलीको महत्वबारे प्रकाश पारेका थिए । शिक्षाशास्त्र संकायका भाषा विषयका विद्यार्थीका लागि सञ्चालित तालिममा प्राध्यापकद्वय गोपाल पन्थी र माया घिमिरेले प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया