ताजा अपडेट »

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ

मंगलबार, १० माघ २०७९
1 Shares

बागलुङ । बागलुङमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा ३३ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले गत असोज ४ गते श्रीमानबाट छोरी बलात्कारमा परेको भन्दै बालिकाकी आमाले सोमबार (माघ ९ गते) दिएको उजुरीका आधारमा बुबालाई पक्राउ गरिएको बताए ।