पुस १६,
सन्धिखर्क । अर्घाखाँचीमा मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश- ५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका वडा नम्बर- ३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् ।
मालारानी मन्दिरलाई ४० किलोको पन्चधातुको घण्टा हस्तान्तरण गर्दै सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनु पर्नेमा जोड दिइन । त्यस्तै पशुपति अन्नपूर्ण आश्रमका संरक्षक तथा समाजसेवी प्रा.डा. जगदिश वैद्यले पहाडी जिल्लाका मन्दिरमा आई घण्टा सहयोग गर्न पाउदा आफूहरु खुसी भएको बताए ।
उनले देशका विभिन्न देवालय, शिवालय, मठमन्दिर र गुरुकुलमा सहयोग गरिरहेको भन्दै जिल्लाका अन्य ठाँउहरुमा पनि सहयोग गर्न तयार रहेको बताए ।
प्रतिक्रिया