बुटवल । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको १६ औ वार्षिक साधारण सभा तथा छैटौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालको उपस्थितीमा पद स्थापना गरिएको हो ।
सो अवसरमा उपप्रमुख अर्यालले व्यवसायीहरुले अन्य क्षेत्रमा उत्पादित बस्तु विक्रि वितरण मात्रै नभएर सामुहिक रुपमा कृषि तथा फलफुल जन्य बस्तुको उत्पादनमा लाग्नुपर्ने बताईन । उनले यसको लागि स्थानीय तहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जाहेर गरिन् । उनले बुटवलका विभिन्न स्थानमा अहिले पनि विभिन्न जग्गा कृषि योग्य भूमीका लागि तयार रहेपनि उपयोगमा नआएको विषयमा छलफल गरी त्यसलाई टुंगोमा पु¥याएर भूमीको उपयोग गर्न सकिने बताईन । स्थानीय तह व्यवसायी, किसान, तथा उपभोक्ताहरुको पक्षमा जहिले पनि तयार रहेको भन्दै उनले व्यवसायीहरुका समस्या छलफलबाट टुंगोमा पु¥याउने समेत प्रतिवद्धता जनाईन ।
कार्यक्रमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकनाथ न्यौपानेले व्यवसायीहरुले स्वदेशमा नै उत्पादित बस्तु विक्रि वितरण गर्नका लागि व्यवसायीक रुपमा उत्पादनमा लाग्नुपर्ने बताए । यस्तै बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघका संस्थापक अध्यक्ष घनश्याम भुषाल९गोपाल०ले व्यवयायीक उत्पादनमा जोडीएर कृषि जन्य उत्पादनमा व्यवसायीहरुले लाग्नु अवको विकल्प नभएको बताए ।
निवर्तमान जनप्रतिधी तथा सल्लाहकार जगदिशचन्द्र आचार्यले सहकारी मार्फत अव उत्पादनमा लाग्नुपर्ने बताए । रुपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीले अहिलेको जटिल आर्थिक अवस्थामा तीनै तहका सरहकारले व्यवसायीहरुलाई राहतको प्याकेज ल्याउनुपर्ने बताएका थिए । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले व्यवसायीक मर्यादा कायम गरी व्यवसायमा लाग्न सुझाव दिए । रुपन्देही व्यापार संघका महासचिव दयानिधी भण्डारीले व्यवसायी पछिल्लो समयमा भाडा लगायत कच्चा पदार्थको मुल्यवृद्धिको कारण विस्तापित हुनुपर्ने अवस्था आएको भन्दै सरकारी निकायबाट भाडादर कायम लगायतका विषयमा निर्णय गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा हाट बजार व्यवसायी समितिका अध्यक्ष टेक बहादुर जिसी, टोल विकास समितिका अध्यक्ष यादव गैरे, पुर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य केशव कुँवर लगायतले बोल्दै नयाँ निर्वाचित समितिले रचनात्मक कार्यमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए । १६ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेसनबाट पुनः सर्वसम्मतरुपमा बाबुराम भुषालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको थियो । जसको बरिष्ठ उपाध्यक्ष मोह्मद याकुव, उपाध्यक्षमा अमृत भट्राई, महासचिवमा मेघराज पौडेल र सचिवमा जीवलाल पाण्डे, कोषाध्यक्षमा मनिषकुमार र सदस्यहरु बसन्ती खड्क, सरस्वती आचार्य , अंकित कुमार कान्दु, प्रकाश पाण्डे, लेखनाथ बस्याल, टेकराज पन्थी र मनौवर राईन चयन भएका छन् ।
प्रतिक्रिया