ताजा अपडेट »

आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबलको उपाधि कुवरवर्ती र आयोजक एभरेष्टलाई

आइतबार, ०८ माघ २०७९

बुटवल । बुटवलमा सम्पन्न आठौं जिल्लास्तरीय अन्तर मावि एभरेष्ट भलिबल कप छात्र/छात्रा भलिबल प्रतियोगिता २०७९ को उपाधि छात्रतर्फ कुवरवर्ती बोर्डिङ स्कुल र छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले उपाधि चुमेका छन् ।

एभरेष्ट बोर्डिङ स्कुलको आयोजनामा आईतबार भएको छात्र फाईनल खेलमा कुवरवर्तीले मणिमुकुन्द माविलाई ३–१ को सेट तथा छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।

प्रतियोगिताको उपाधि विजेताले नगद २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । प्रतियोगितामा उपविजेता छात्रतर्फ मणिमुकुन्द मावि र छात्रातर्फ कुवरवर्ती नगद १५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझाएका छन । प्रतियोगितामा छात्रतर्फ कुवरवर्तीका सुर्य बिक र छात्रातर्फ एभरेष्टकि शान्ता सुनार उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भए ।

आइतबार भएको छात्रतर्फको फाईनल खेलमा पहिलो सेट कुवरवर्तीले २५-१९ अंकले जित्दै अग्रता लियो । दोस्रो सेट मणिमुकुन्दले २५-१९ अंकले जित निकाल्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेट र चौथो सेट भने कुवरवर्तीले २५-२३, २५-२२ अंकले जित्दै उपाधि चुम्न सफल भयो ।

यसैगरि छात्रातर्फ आयोजक एभरेष्ट बोर्डिङ स्कुलले कुवरवर्ती बोर्डिङ स्कुललाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । फाईनल खेलमा एभरेष्टले कुवरवर्तीलाई २५-१६, २५-११, २५-१२ को अंकले खेल जितेको हो । प्रतियोगितामा छात्रतर्फ सेन्ट जोसेफ बोर्डिङ स्कुल तथा छात्रातर्फ न्यु होराईजन तेस्रो हुदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, नेपाल अभिभावक महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, कालिका मानव ज्ञान मावि ब्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, कालिका मानवज्ञान कलेजका प्राध्यापक घनश्याम पाठक, विद्यालय ब्यवस्थापन समितिका सदस्य भिम बहादुर श्रेष्ठ, प्रधानाध्यापक कृष्ण न्याौपाने, सहप्रधानाध्यापक भिमसेन गौतमले विजयी टिम, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।