ताजा अपडेट »

‘खेलकुद क्षेत्रमा राज्यले मन खुलाएर खर्च गर्न सकेन’

शनिबार, ०७ माघ २०७९

बुटवल । लामा समुह बुटबलले आयोजना गरेको ब्याडमिन्टन खेलको शनिवार उद्घाटन गर्दै बुटबल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेले स्वास्थ रहन खेलकुद अनिवारे रहेको बताएका छन । खेल क्षेत्र मात्र नभई नगरका सबै क्षेत्रमा उत्कृष्टहुँदा बुटबल उपमहानगर राम्रो हुने भन्दै सबै मिलेर राम्रो गर्न लाग्नु पर्ने बताए । लाफा समूहले खेल जगतमा मात्र नभएर सामाजिक क्षेत्रका समेत महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्दै पान्डेले उपमहानगरले गर्नु पर्ने खेलकुद गतिबिधी लाफाले गरीदिएकोमा धन्यबाद समेत दिए ।

यसैगरी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिब जय प्रकाश भट्टराईले खेल क्षेत्रको बिकास गर्नु आजको अवश्यकता रहेको बताए । खेलकुद क्षेत्रमा राम्रो प्रगती भए पनि राज्यले मन खुलाएर सहयोग गर्न नसकेको बताए । बुटबल–८ का अध्यक्ष यज्ञ मरासिनीले लाफा समुह आफैमा पहिचान बनाएको समुह रहेको भन्दै खेलकुद क्षेत्रमा उत्कृष्ट काम गर्दै आएको बताए । लाफा समुहका संरक्षक बासुदेब लामिछानेले सबैको सहयोगमा लाफा सँग्राम गर्न लागीएको बताए ।

प्रतियोगितामा मेन्स डबल भेट्रान्स तर्फ ३२ टिमले प्रतिस्पर्धा गर्दै छन् भने मेन्स डबल बि लेबल तर्फ ६४ समूह रहेका छन् । खुल्ला बि लेबल मेन्स डबल तर्फ प्रथम हुनेले ४० हजार कप मेडल प्रमाण पत्र पाउने छन् भने द्वितीय हुने टिमले २५ हजार कप मेडल प्रमाणपत्र पाउने छन । सेमिफाईनलमा पुग्ने समूहले १५ हजार तथा क्वाटर फाईनल पुग्ने समूहले १० हजार पाउने छन । तेस्तै भेट्रान्स मेन्स डबल तर्फ प्रथम हुने टिमले नगद रु २५ हजार ५ सय ५५ रुपैयाँ कप मेडल प्रमाण पत्र पाउने छन । द्वितीय हुने टिमले १५ हजार ५ सय ५५ कप मेडल प्रमाणपत्र पाउने छन । तृतिय हुने टिमले नगद रु १० हजार ५ सय ५५ नगद सहित कप मेडल प्रमाण पाउने आयोजकले जनाएको छ ।