बुटवल । रुपन्देहीको बुटवल उपमहानगरसहित आसपासको पालिकाहरुलाई आर्थिक केन्द्रको रुपमा बिकास गर्नका लागि नेकपा एमाले बुटवल नगर कमिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई २९ बुँदे सुझाबसहित ध्यानाकर्षण गराएको छ । बुटवलको विकास र समृद्धिका लागि प्राथमिकतामा राखी तत्काल र दिर्घकालिन गनूपर्ने कामहरु बारे शनिबार बुटस्थित मुख्यमन्त्री निवासमा पुगेर बुटवल नगर कमिटीले ध्यानकर्षण पत्र बुझाएको हो ।
एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवालीले बुझाएको ध्यानाकर्षणपत्रपछि बोल्दै मुख्यमन्त्री गिरीले साझा पहल र छलफलको माध्यमबाट अघि बढ्ने प्रतिवद्धता गरे । बुटवलाई आर्थिक केन्द्रको रुपमा बिकास गर्नका लागि राज्यका तीनै तहसँगको सहकार्यसँगै नीजि क्षेत्रसँग पनि मिलेर अघि बढ्ने उल्लेख गरे । यहाँको आर्थिक बिकास सम्भावनाहरुको बारेमा आवश्यक छलफल तथा अनुसन्धानहरुबाट प्राप्त निश्कर्ष अनुसार अघि बढ्न तयार रहेने उनले बताए ।
ध्यानाकर्षण पत्र बुझाउने क्रममा मौखिक रुपमा सुझाब राख्दै एमाले युवा नेता गोपाल रानाले बुटवलको निर्माणाधिन सडकले काममा तीब्रता पाउनुको साटो उल्टै ती सडकहरुमा अनावश्यक बस्तु तथा संरचनाहरु राखेर यात्रु र यहाँ व्यवसायीहरुलाई सास्ती थप्ने काम भएकोमा गुनासो गरे । सडक निर्माण समयमा हुन नसकेको अवस्थामा ती सडकहरुमा राखिएका अनावश्यक संरचनाहरुले यात्रालाई थप जोखिम बनाएको बताउँदै उनले ती समस्याहरुको तत्काल समाधानका लागि आवश्यक निर्देशन दिन आग्रह गरे । यसैगरी बुटवललाई आर्थिक केन्द्र बनाउन पर्यटन नै सबैभन्दा उत्तम विकल्प भएको बताउँदै उनले त्यस अनुरुपको बिकास योजना ल्याउन सुझा दिए । यहाँ उद्योगी व्यवसायीहरुले खुलेर लगानी गर्न सक्ने वातावारण निर्माण गर्नुका साथै राज्यकोतर्फबाट निर्माण गर्नुपर्ने सम्पूर्ण भौतिक संरचनाहरुको निर्माणमा पहल गरिदिनका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।
यसै सन्दर्भमा नेता रानाले बुटवलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकूद प्रतियोगिताहरु आयोजना गर्नका लागि ठाउँ अभाव भएको गुनासो गर्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरे । इनडोर तथा आउट डोरका विभिन्न प्रतियोगिताहरु एउटै ग्राममा खेलाउन मिल्नेगरी ठाउँको पहिचान गरी संरचना निर्माणमा उनले जोड दिए । बुटवलमा देविनगरमा रहेको एमात्र मैदान अब प्रयाप्त नहुँने बताउँदै उनले आधुनिक शैलिकाका गुणस्तरीय फराकिला खेल ग्राम स्थापनमा हुन आवश्यक रहेको बताए । खेल प्रयटनको माध्यमबाट पनि बुटवललाई आर्थिक राजधानी बनाउन सहयोग पुग्ने उनले बताए । भैरहवामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय हवाई मैदान, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत यी ठूला परियोजना सञ्चालनका लागि बुटवलमा अब सोही अनुशारको बिकास योजनासहित संरचना निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे ।
ध्यानाकर्षणका बुँदाहरुमा विकास निर्माणका आयोजनाहरुमा हुने ढिलासुस्ती र लापरवाहीको पहिचान गरी त्यसको निराकरणगर्नुपर्ने, सरकारी सेवाप्रवाहलाई सरलीकृत, प्रविधिमैत्री र सेवाग्राहीमूखि बनाउँदै भ्रष्टाचारको अन्त्य गरी सुशासनको प्रत्याभुति दिनुपर्ने, प्रदेश सरकारसंग सम्बन्धित निर्देशनालय, विभाग, डिभिजनकार्यालय लगायतकाकार्यालयहरु बुटवलमै राख्नुपर्ने लगायतका मागहरु राखिएका छन् । यसैगरी बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको सडक निर्माण कार्यलाई तत्काल सम्पन्न गर्नुपर्ने, कालिका पथमा देखिएको प्राविधिक समस्याहरु फुटपाथ, एक्सेस रोडको कल्र्भट सडकभन्दा डाउन भएको, ट्राफिक आइल्याण्ड, सडक बत्ती, ग्रिनरी लगायतको मध्यनजर गर्दै निर्माणको बाँकी कामलाई यथा शिघ्र सम्पन्न गराउन माग गरिएको छ ।
ज्योतिनगर लक्ष्मीनगर पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम प्राथमिकताका साथ सम्पन्नगर्नुपर्ने साथै बुटवल पाखापानी क्षेत्रको पहिरो नियन्त्रणका लागि विशेष ध्यानदिनुपर्ने सुझब पेश गरिएको छ । सुझाब पत्रमा बुटवलको खानेपानी समस्यालाई समाधान गर्नका लागि झुम्सा खानेपानी आयोजना तत्काल सम्पन्न गर्नुपर्ने, तिनाउ–दानव नदी किनारका बस्तीहरुको सुरक्षाका निम्ति संवेदनशिल क्षेत्रहरुमा तत्काल तटबन्ध निर्माणगर्नुपर्ने, लुम्बिनी प्रादेशिक अस्पताल लगायत विभिन्न अस्पतालहरुमा देखिएको व्यवस्थापकिय कमजोरीहरुलाई तत्काल हटाई अस्पतालको सेवाप्रवाहव्यवस्थित, प्रभावकारी र जनमुखि बनाउन आग्रह गरिएको छ । यसैगरी बुटवलअन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई तत्काल सञ्चालनमाल्याउनुपर्ने, निजिक्षेत्रसंगको समन्वय र सहकार्यमाबुटवलमा रात्रिकालिनबजार सञ्चालनमाल्याउनुपर्ने बुझा एमाले बुटवल नगर कमिटीले बुझाएको छ । एमाले बुटवल नगर कमिटी अध्यक्ष ज्ञवालीले आफूहरुले बुझाएका बुँदागत सुझाबहरुको कार्यान्वयनमा विशेष जोड दिन मुख्यमन्त्री गिरीलाई आग्रह गरे ।
प्रतिक्रिया