ताजा अपडेट »

नेता भनेको ठुलो कद भएको मान्छे हुन्छ भन्ने भाष्य नहराउँदै म आए: सोविता गौतम

शनिबार, ०७ माघ २०७९


काठमाडौं । स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले आफनो राजनीतिक प्रवेशलाई इतिहासको पानी ढलो भनेर संज्ञा दिएकी छिन । 

प्रतिनिधिसभाको उपसभामुखका लागि भईरहेको निर्वाचनलाई सम्वोधन गर्दै नेता भनेको ठुलो कद भएको मानिस हुनुपर्छ भन्ने भास्य समाजबाट नहराउदै एक २७ वर्षे युवामाथि भरोशा गरेर मेरा मतदाताहरुले आफ्ना सपानाहरु सुम्पेको क्षणको रुपमा आफुलाई गर्व गरेको समेत बताएकी छिन् । 

सम्वोधनको पुर्ण पाठः 

सम्माननीय सभामुख महोदय,
हिउँदका कठ्यांग्रिँदा छोटा दिनहरु सकिएर विस्तारै न्यानो घाम लाग्ने लामा दिन आउँदैछन् । छिटै वसन्त ऋतु आउनेछ,  अनि तुसारोले रुखो बनाएका रुखबिरुवामा फेरि नयाँ पालुवा पलाउनेछन् । 

राजनीतिमा पनि समयको चक्र फेरिइरहन्छ । यो रोस्टमबाट यस गरीमामय संसदलाई चारै तिर नियाल्दा मलाई लागिरहेछ, नेपाली राजनीतिमा चै  वसन्त त छाइसकेछ । 

नयाँ सपना लिएर, नयाँ आशा लिएर नयाँ माननीय सांसदहरु आउनुभएको छ । संगै लामो राजनैतिक यात्रा गरिसक्नु भएका, विभिन्न घटना परिघटना भोग्दै, सिक्दै, अध्ययन गर्दै राजनीतिमा खारिएर आफैमा सिंगो संस्था बन्नु भएका अनुभवी सांसदहरु पनि आउनुभएको छ । यस्तो लाग्दैछ, 
परिवर्तनशील समयको  काँचुली फेर्दै गरेको नेपाली समाज र राजनीतिको प्रतिविम्ब यस संसदमा आज देखिँदैछ । 

सभामुख महोदय‘,
नेपाली नागरिकको स्वतन्त्रता र सर्वोच्चताको पैरवी गरिने यस गरीमामाया संसदमा आफ्नो पहिलो मन्तव्य राख्दै गर्दा  सर्वप्रथम त म नेपाली स्वतन्त्रता र स्वाधिनताका लागि संघर्ष गर्ने सम्पूर्ण सहिद र योद्दाहरुप्रती सम्मान व्यक्त गर्न चाहन्छु, सामाजिक न्यायका लागि देशभर उठेका आन्दोलनप्रति मेरो उच्च सम्मान छ,
 
यतिबेला म मेरा काठमाडौं क्षेत्र नं २ का  मतादाताहरुलाई पनि सम्झिन चाहन्छु, नाग्लेभारे, पटाप, छापभंज्यांग, पालुवारी जस्ता गाँउ देखि  रातोपुल, कोटेश्वर, काडाघारीजस्ता सहरमा बस्ने  मेरा मतादाताहरुको आशा र भरोशालाई हृदयमा साचेर आज म मेरा विचारहरु व्यक्त गरिरहेको छु ।
 
काठमान्डौं क्षेत्र नं २ का जनताको प्रतिनिधिको हैसियतमा यहाँ बोल्दै गर्दा मलाई थाहा छ, यो क्षण  म माथि भरोशा राख्ने आम नेपालीको एउटा गर्वको क्षण मात्र होइन, यो नेपाली राजनीतिक इतिहासकै एउटा पानीढलो क्षण हो । नेता भनेको ठुलो कद भएको मानिस हुनुपर्छ भन्ने भास्य समाजबाट नहराउदै एक २७ वर्षे युवामाथि भरोशा गरेर मेरा मतदाताहरुले आफ्ना सपानाहरु सुम्पेको क्षण हो । 

यदि म गलत छैन भने, मेरो उपस्थिति यो सदनको निम्ति नै एउटा ऐतिहासिक क्षण हुन सक्छ किनकि सम्भवतः यो भन्दा अगाडी म भन्दा कान्छो व्यक्तिले लागि यो रोस्टममा आएर बोल्ने मौका सायदै पाएको होला । 

यो इतिहासको पानीढलो क्षण यसकारण पनि हो, कि संघीय गणतान्तृक लोकतान्तृक नेपालको दोश्रो संसदमा उपसभामुख पदका लागि सीमान्तमा रहेका दुई समुदायका महिलाहरु लोकतान्तृक पद्धतिमार्फत प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।  
लोकतन्त्र भनेको फगत शासन पद्धति मात्र होइन, यो त जीवनशैली हो । त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनको आधारमा मात्र लिन सकिन्छ । आज दुई जना सीमान्तकृत समुदायका महिला लोकतान्त्रिक पद्धतिअनुसार उपसभामुख पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ  ।   यो आफैंमा हाम्रो लोकतन्त्र सुदृढ हुँदै गएको संकेत हो ।

वहाँहरुको प्रतिस्पर्धा फगत एक सुखद संयोगमात्र नबनोस् । बरु यस्तो प्रतिस्पर्धा हाम्रो लोकतान्त्रिक अभ्यासको सामान्य प्रक्रिया बन्दै जाओस्, जहाँ सीमान्तमा रहेका मानिस मूलधारको प्रतिस्पर्धामा आउन सकुन् । अनि मात्र हामीले हाम्रो लोकतन्त्र उन्नत भएको महसुस गर्न सक्छौं ।

संविधानवाद र सांसदको भूमिका 

सभामुख महोदय ‘
लोकतन्त्र संस्थाहरुको पनि संस्था हो १ संसद जनताहरुको भावनाको प्रतिनिधित्व हुने साझा थलो हो । २७५ जना सदस्य रहने यो संसदमा यतिबेला वास्तवमा हामी तीन करोड नेपाली उपस्थित छौं । यो प्रतिनिधित्वको पछाडी जनताको आशा भरोशा छ । त्यो आशालाई वास्तविकतामा बदल्न, विकसित र गतिशील समाजलाई मध्यनजर गर्दै हामीले समय सापेक्ष ऐन, कानुनहरु बनाउनु छ । 

म नेपालीको त्याग र बलिदानबाट हामीले सबैभन्दा उच्चतम राजनैतिक व्यवस्था को रुपमा लोकतान्तृक व्यवस्था हामीले हासिल गरिसकेका छौँ १ तर यो बामे सर्दै गरेको लोकतन्त्रलाइ स्थापित गर्ने काम गर्नु छ । 

हामि सबैलाई थाहा छ देश अहिले गम्भीर आर्थिक संकटमा छ, लगभग ४२ ५ हिस्सा ओगट्ने युवा पुस्ताबाट लिन सकिने यथेष्ट जानासांखिक लाभको वावजुद पनि हाम्रो देश अहिले आर्थिक संकटमा परेकोछ १ जता हेर्यो आर्थिक  भ्रस्टाचारको कुरा मात्र सुनिरहेका हुन्छौ । मेरो विचारमा भ्रस्टाचार पैसा र पदमा मात्र हुदैन, सम्भावनाहरुको खोजि नगर्नु अर्को ठुलो भ्रस्टाचार हो । त्यहि सम्भावनाको यथेस्ट खोजि नभएका कारण  मासिक २० हजार रुपैया कामाउन आज युवाहरु विदेश पलायन भएका छन्, सग्लो शरीर लिएर गएका साइलिका रामहरु बाकसमा फर्किएका छन् । कति बन्धक बनेका छन्, कति लुटिएका छन्, कति पिटिएका छन् , यो समग्र देश प्रतिको अन्याय हो ।                                                  

वार्षिक करीब ५ खर्ब रेमिट्यान्स भित्र्याउँदा समेत आम नेपालीको जीवनमा केही मात्रामा भौतिक सुखसयल बाहेक तात्विक परिवर्तन ल्याउन सकिएको छैन । राजनीतिक हिसाबले लोकतन्त्र हासिल गरेपनी हामीले नेपाली समाजमा न्याय, स्वतन्त्रता र समानाता स्थापना गर्न सकिरहेका छैनौं । यति भनिरहदा पनि यो देशमा केही हुन सक्दैन भनेर विदेश भास्सिएको युवा जमात आज यहाँको परिवर्तनको सम्भाव्यता देखेर खुसी छ, र कुनै दिन स्थायी रुपमा देश फर्कने योजना बनाइरहेको छ ।  ति तमाम विदेशिन बाध्य भएका नेपालीका सपना अटाउन सक्ने नेपाल बनाउनु छ,                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                       
अब सम्भावनाहरुको अबिलम्ब खोजि गरिनुपर्छ तर फुटेर हैन, एक आपसमा आरोप प्रत्यारोप गरेर हैन, विकासका मुद्दामा एक जुट भएर अगाडी बढ्नु पर्छ । 

विकासका कामहरु कसरि छिटो सम्पन्न गर्ने अब बहस हुनुपर्छ, प्रशासन कसरि चुस्त दुरुस्त र प्रभावकारी बनाउने बहस गर्नुपर्छ । यो बदलिदो समयमा बदलिदो शैली अपनाउन सकेनौ भने नया विकास गर्ने सक्दैनौ, पुरानै चिन्तन बाट नया विकास कसरि गर्नेरु लोकतन्त्रको प्रवर्धन गर्दै संसदीय परम्पराको  मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ । प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ । सधै इतिहासमा मात्र गर्व गर्यौं  । तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन इतिहास लेख्ने पनि कुरा हो ।। धेरै पढ्यौ अब लेख्नु पर्छ । इतिहास लेख्ने अवसर सबैलाई प्राप्त हुदैन , इतिहास लेख्ने जनताका आशा र भरोषाका प्रतिनिधि हामि माथि यो अवसर प्राप्त भएको छ, अब नयाँ इतिहास लेख्नै पर्छ ।
विकासका कामहरु कसरि छिटो सम्पन्न गर्ने अब बहस हुनुपर्छ, प्रशासन कसरि चुस्त दुरुस्त र प्रभावकारी बनाउने बहस गर्नुपर्छ । यो बदलिदो समयमा बदलिदो शैली अपनाउन सकेनौ भने नया विकास गर्ने सक्दैनौ, पुरानै चिन्तन बाट नया विकास कसरि गर्ने,  
लोकतन्त्रको प्रवर्धन गर्दै संसदीय परम्पराको  मर्यादाभित्र रहेर हामीले मिलेर काम गर्नु छ । प्रविधि मात्र हैन प्रवृत्ति पनि बदल्नुपर्छ । सधै इतिहासमा मात्र गर्व गर्यौं  । तर इतिहास भनेको पढ्ने र गर्व गर्ने चिज मात्र हैन इतिहास लेख्ने पनि कुरा हो ।। धेरै पढ्यौ अब लेख्नु पर्छ । इतिहास लेख्ने अवसर सबैलाई प्राप्त हुदैन , इतिहास लेख्ने जनताका आशा र भरोषाका प्रतिनिधि हामि माथि यो अवसर प्राप्त भएको छ, अब नयाँ इतिहास लेख्नै पर्छ ।

सभामुख महोदय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अर्थ–राजनीतिक विकास, सामाजिक–सांस्कृतिक रुपान्तरण र विश्व सम्बन्धको नयाँ आधारशिला खडा गर्न नवीन विचार, परिष्कृत विश्वदृष्टि र उच्च नैतिक बलसहितको नयाँ नेतृत्व लिएर राष्ट्रिय स्वतन्त्र पार्टी अगाडी बढेको छ,
यो सदनलाई पक्ष र प्रतिपक्षको चिन्तनमुखी थलो बनाउनुपर्ने जिम्मेवारी हामि सबै माथि छ, 

 
भर्खरै बामे सरेको लोकतन्त्र लाई बलियो बनाउनका लागि पक्ष, प्रतिपक्षमा छलफल गर्ने पर्ने हुन्छ । त्यो हामी कसैलाई नहोच्याइकन, कसैलाई नरिझयाईकन गर्नु आवश्यक छ । शक्ति संघर्षको भुलभुलैयामा र लोकरिझ्याईंमा अल्झिने हो कि संविधानवादको भावनालाई आत्मसाथ गर्दै साँचो अर्थमा सामाजिक न्यायका लागि आवाज उठाउने हो, त्यो हाम्रो हातमा छ ।

यो गरिमामय सदन न्याय, समानता र स्वतन्त्रताको पक्षमा वकालत गर्ने थलो हो । हाम्रो सभ्य र समुन्नत छलफलले लोकतन्त्र बलियो हुन्छ, नागरिक बलियो हुन्छ । यहाँको छलफलले हामीमाथि विश्वास गर्ने जनताहरुलाई विश्वास दिलाउनु छ, कि जनताहरु फगत मतदाता मात्र होइन, नागरिक हो । वहाँहरुको नागरिक हुनुको  परिचय हामी तब मात्र दिन सक्छौं, जब हामी वहाँहरुले आफ्नो अमूल्य मतमार्फत निर्वाचित गरी पठाउनु भएका हामी वहाँहरुका समस्या र सपनाबारे यहाँ घनीभुत छलफल गर्छौं र सकारात्मक परिवर्तनका लागि कदम चाल्छौं । 

हामीले शासकीय स्वरुपमा लोकतन्त्र त स्थापना गर्यौं, तर लोकतान्त्रिक संस्थाहरुलाई सुधार गर्न सकेनौं । राज्यका हरेक महत्वपूर्ण लोकतान्त्रिक संस्था अहिले धरासयी अवस्थामा छन् । संविधानमा लेखिँदैमा न्याय, समानता, आत्मसम्मान र स्वतन्त्रताका कुरा आफैं पुरा हुँदैनन् । तिनको त निरन्तर पैरवी गर्नु पर्छ । पक्कै पनि हाम्रो दायित्व लोकतन्त्रको पैरवी गर्ने र बडो मुस्कीलले बनाइएको संविधानको रक्षा गर्ने हो । संविधानको भावनालाई आत्मसाथ गर्न सकियो भने मात्र सही अर्थमा हामी हाम्रो शिसु लोकतन्त्रलाई समुन्नत बनाउन सक्छौं ।  

संविधानप्रति कतिपय समूहका विमति पति छन्, जसलाई यही सदनमा व्यापक छलफलमार्फत टुंग्याउनु पर्ने छ । किनकि राजनीति र लोकतन्त्र भनेको सहमति मात्र होइन, विमति पनि हो ।
एकांकी विचारमात्र हावी हुनु, प्रतिपक्षी विचार सून्य हुनु वा त्यसलाई नजर अन्दाज गरिनुले लोकतन्त्रको क्षयीकरण हुन्छ । त्यसैले माननीय सदस्यहरु समक्ष मेरो आग्रह छ, लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि तपाईंहरुका प्रतिपक्षी आवाज यस सदनमा बुलन्द भइरहुन् । 

विचारको विविधता र प्रतिपक्षी विचारको सहनशीलता परस्पर प्रतिस्पर्धात्मक विचारको मन्थनले नै लोकतन्त्रलाई उन्नत बनाउन सक्छ । त्यसैले वादविवाद यस संसदको आधारभुत लक्षण हुनुपर्छ । 
हामीले आफ्नो संसदीय शक्तिलाई फगत अंकगणीतको खेलमात्र मान्यौं भने हामीले पाएको अमूल्य मतको अपमान त हुन्छ नै, नागरिक माथि अन्याय पनि हुन्छ । यहाँ हामीले के छलफल गर्छौं, कस्ता विषयमा वादविवाद गर्छौं, यहाँ हाम्रो हाउभाउ कस्तो हुन्छ, त्यो सबै यो देशका आम जनताले बाहिर बसेर हेरिरहनु भएको छ । 
त्यसैले,
लोकतन्त्र र संविधानलाई सुदृढ गर्ने यी यावत कुराहरुको सन्दर्भमा यस सदन को काम कर्तव्यलाई कुसलतापूर्वक निर्वाह गर्न सक्छु भन्ने अठोटका साथ प्रतिस्पर्धामा आउनुभएकी राष्टिय स्वतन्त्र पार्टीकी माननीय सांसद इन्दिरा रानाको पक्षमा मतदान गर्न म सबै माननीय सदस्यहरुसमक्ष  प्रस्ताव लिएर आएको छु ।

इन्दिरा रानामगरको उम्मेदवारीको अर्थ र आवस्यक्ता

आज हुन गइरहेको संघीय संसदको उपसभामुख पदको निर्वाचन खास महत्वपूर्ण छ । संविधानको रक्षा, लोकतन्त्रको पैरवी र सकारात्मक संसदीय अभ्यासका लागि सभासदको महत्वपूर्ण भूमिका हुन्छ । र यस महत्वपूर्ण पदमा निर्वाचनका लागि म माननीय इन्दिरा रानामगरका पक्षमा मतदान गरौं भन्ने प्रस्ताव लिएर आएकी छु । 

माननीय इन्दिरा रानामगरको अनुहार यहाँहरुमध्ये कतिलाई नयाँ लाग्न सक्छ । एक नयाँ पार्टीको सदस्यका रुपमा संसदमा प्रतिनिधित्व गर्दैं गर्दा पक्कै पनि वहाँ नया अनुहार नै हो जस्तो लाग्न सक्छ । माननीय इन्दिरा रानामगर समाज रुपान्तरणको अथक प्रयासपछि निखारिएर आउनुभएको छ । 

वहाँ लामो समयदेखि कारागारमा हुने बाबुआमाका बालबच्चाको पालन पोषण र शिक्षा दिक्षामा आफ्नो जीवन समर्पण गर्नुभएको छ । जुन बच्चा आफ्ना बाबुआमाको कसुरको भागीदार हुन पुगेका थिए, जसको भविष्य अन्धकार थियो, जसले जेलका भित्ताबाहिरको संसार देख्न सकेका थिएनन्, तिनलाई संसार देखाउनुभएको छ ।  

तपाईं हामीमध्ये धेरैजना समस्या औंल्याएर मात्र बस्छौं, गुनासो मात्र गर्छौं । तर माननीय इन्दिरा रानामगर ती समस्याको समाधान खोज्ने किसिमको व्यक्ति हुनुहुन्छ । 

अन्धकारमा जीवन विताइरहेका कैयौं नेपाली बालबच्चालाई नयाँ जीवन र नयाँ भविष्य दिएर नेपालको भविष्य नै उज्जवल बनाउनुहुने माननीय इन्दिरा रानामगर यस गरीमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, वहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मनानीत हुनु हो । लोकतन्त्र र संविधानको सर्वोच्चता बारे वहाँका स्पष्ट विचार छन् । यस सदनको गरीमा, र पदको जिम्मेवारीलाई वहाँले अत्यन्त कुसलतापुर्वक निभाउन सक्नुहुन्छ भन्ने म सबै भन्दा बढी विश्वस्त त म नै छु । 

उहाँले आफ्नो जीवन नै बाबबालिकाका रक्षाका लागि र नेपालको रक्षाका लागि समर्पित गर्नु भएको छ । उपसभामुखका लागि हुँदै गरेको यस निर्वाचनमा आफ्नो अमुल्य मत संविधानको रक्षा र लोकतन्त्रको पैरवीको पक्षमा माननीय इन्दिरा रानामगर प्रति समर्पित गरौं भनेर यहाँ उपस्थित सबै माननीय सदस्यज्यूहरुसँग आग्रह गर्न चाहन्छु ।         

उपसभामुखको काम कर्तव्यलाई बलियो बनाउन माननीय इन्दिरा रानामगरले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

यस लोकातान्तृक प्रतिस्पर्धमा भाग लिनुहुने माननीय सांसद मुक्ताकुमारी यादवलाई समेत म शुभकामना टक्र्याउन चाहन्छु । र संसदमा प्रतिपक्षको र प्रतिस्पर्धाको भावनालाई बर्करार राख्दै सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने माननीय सांसद मुक्ताकुमारी यादवलाई उपसभामुखको उम्मेद्वार बनाएकोमा म नेपाली कांग्रेसलाई बधाइ तथा धन्यवाद पनि दिन चाहन्छु ।   

महात्मा गान्धीले भन्नुभएको छ, तपाईंले विनम्र तरिकाले नै संसार हल्लाउन सक्नुहुन्छ । अपार शैन्य शक्तिका बाबजुद ब्रिटिस साम्राज्यले गान्धीको सत्याग्रहसँग झुक्नुपर्योै । त्यसरी संसार हल्लाउने गान्धीको उपाय थियो, सत्याग्रह, अर्थात सत्यको आग्रह । गान्धीको सत्यको आग्रह अरु प्रति मात्र लक्षित थिएन, आफ्नै अन्तर्मनसँग सत्यको आग्रह थियो । आज मतदान गर्दै गर्दा हामीले आफैंसँग सत्यको आग्रह गरौं, र लोकतन्त्र, संविधानवाद, नेपाली नागरिकको सर्वोच्चता र स्वतन्त्रतताको पक्षमा मतदान गरौं ।