ताजा अपडेट »

एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

शुक्रबार, ०६ माघ २०७९

काठमाण्डौं । सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयले उनलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ निवासी महतोलाई पक्राउ गरी कारवाही गर्न यसअघि नै उपपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पटक पटक प्रहरीलाई मौखिक निर्देशन दिएका थिए ।