ताजा अपडेट »

तिलाेत्तमा २ स्थित शंकरनगर दुर्गादत्त माविमा नि:शुल्क आँखा शिविर

शुक्रबार, ०६ माघ २०७९

बुटवल । तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविमा शुक्रबार नि:शुल्क आँखा शिविर गरिएकाे छ । ५८ औं वार्षिकोत्सवकाे अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार निशुल्क आँखा शिविर गरिएकाे हाे ।

बिहिवारबाट सप्ताहव्यापीरूपमा सुरू भएकाे कार्यक्रममा शुक्रबार करिब चार सय जना अविभावकहरूकाे निशुल्क आँखा परिक्षण गरिएकाे हाे । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाकाे सहयोगमा अविभावकहरूकाे निशुल्क आँखा परिक्षण गरिएकाे हाे । १५ जना विशेषज्ञ टाेलीकाे सक्रियता गरिएकाे साे शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमानाथ कडेलकाे आँखा परिक्षण गरि साे शिविर सुरू गरिएकाे विद्यालयले जनाएकाे छ ।

त्यसै गरि विविध खेलकुद अन्तर्गत छात्र छात्रा फुटवल ,भलिबल , रिले दाैड, स्किपिङ लगाएतका खेलहरू सम्पन्न भएका छन् । विद्यालयले बिहिवार बृहत् रयाली गरि सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रमकाे शुभारम्भ गरेकाे हाे ।