ताजा अपडेट »

क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको विमान काठमाडौँमाअवतरण हुन सकेन, कोलकाता फर्कियो

शुक्रबार, ०६ माघ २०७९

काठमाडौं । त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ। बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ।

यस्तै, मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको विमान पनि अवतरण गर्न नसकी फर्किएको छ । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर भारतको कोलकाता पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ ।