ताजा अपडेट »

नेपालमा उत्पादित म्याट्रेस, सिरक, बेडसिट निर्यातका लागि सिल्क एक्स्पोर्ट र क्लासिक ग्रुप बिच सम्झौता

विहीबार, ०५ माघ २०७९

बुटवल । बिगत लामो समय देखि चीन भारत लगायत अन्य मुलुकहरुमा सामान निर्यात गर्दै आएको सिल्क एक्स्पोर्ट र नेपाली ग्राहकहरुको रोजाइमा पर्न सफल क्लासिक ग्रुप बिचमा आज एक ब्यापारिक सम्झौता सम्पन्न भएको छ ।

कोभिड लगायतका कारणले चीनबाट केहि वर्ष देखि निर्यात बन्द रहेकोमा हाल केहि खुकुलो हुदै गएकोले गर्दा, निर्यात व्यवसायमा सहजता आएको छ।

यो सम्झौता पश्चात् क्लासिक ग्रुपद्वारा उत्पादित म्याट्रेस, सिरक, बेडसिट जस्ता सामानहरुलाई सिल्क एक्स्पोर्टले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारमा बजारिकरण तथा प्रवर्द्धन गर्नेछ ।

यो सम्झौताले गर्दा हाल देशले भोगी रहेको व्यापार घाटालाई केहि हदसम्म भएपनि घटाउन मद्धत गर्ने क्लासिक ईण्डट्रिज प्रालिका प्रमुख कार्यकारी अधिकृत कैलाश घिमिरेले बताए ।