ताजा अपडेट »

विश्वप्रकाश शर्माले राखे सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव

विहीबार, ०५ माघ २०७९

काठमाडौं। प्रतिनिधिसभा बैठकमा सभामुख चयन प्रक्रियाअघि बढिरहेको छ । जारी बैठकमा विपक्षी दलको तर्फबाट सभामुखको पदमा ईश्वरीदेवी न्यौपानेको नाम प्रस्ताव गरिएको छ । 

जारी बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि सत्तारुढ दलको तर्फबाट सुवास नेम्वाङले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।