ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड र रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता

विहीबार, ०५ माघ २०७९

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

बिहीबार बिहान पौडेल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार गएका हुन्। दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।