ताजा अपडेट »

उपसभामुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ शाहीको प्रस्ताव बहुमतले अस्वीकृत

बुधबार, ०४ माघ २०७९

सुर्खेत ।  कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् ।४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा सदस्य सहभागि थिए ।

ती प्रदेशसभा सदस्यमध्ये शाहीको पक्षमा १४ र विपक्षमा २४ मत खसेको हो । यो मतसँगै सभामुख नन्दा गुरुङले प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरेकी हुन् । उनी निर्वाचित हुनका लागि प्रदेशसभा सदस्य संख्याको बहुमत अर्थात २१ मत चाहिन्थ्यो ।