काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेको खुलेको छ।
२२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यही विमानले डेमो उडान गरेको थियो।
काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।
जहाज क्याप्टेन कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । एस हुन्चु र ओए मगर परिचारिका थिए ।
प्रतिक्रिया