भैरहवा । नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाको १८ औ बार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी केन्द्रिय तदर्थ समितिका अध्यक्ष सुदर्शन नेपालले रेडक्रस अहिले गिजोलिएको अवस्थामा रहेको बताए । यस अघिको तदर्थ समितीले काम गर्न नसकेको बताउदै अहिले आफ्नो नेतृत्वमा समिती गठन गरिए पनि सर्वोच्चमा परेको मुद्दाको कारण गिजोलिएको उनले बताए । यति हुदा हुँदै पनि रेडक्रसको सिद्धान्तमा लागिरहन र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने उनले बताए । साधारणसभामा सोही सकारात्मक सोचका साथ प्रतिबद्ध रहि मानवसेवामा लाग्नु पर्ने उनले सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख इस्तियाक अहमद खानले सिद्धार्थ उपशाखाले यस क्षेत्रमा उदाहरणिय काम गरिरहेको बताए । उनले बिपद ब्यावस्थापन, बिपदमा परेकाको उद्दार तथा उनिहरुको पुनर्स्थापनामा गरेको कामको कारण विश्वमै रेडक्रस श्रद्धाको भावले हेर्ने गरिएको बताए । यस्तै मानविय सेवा सिद्धार्थ उपशाखाले पनि गरिरहेको र यसलाइ भविश्यमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।
रेडक्रस सोसाइटी मानविय पिडालाई रोक्न वा कम गर्न, भेदभाव रहित र प्राथमिकताका आधारमा सहयोग पुयाउन स्वायत्त रुपले शाखाले आफ्नो काम गर्दै आइरहेको कार्यक्रमका वक्ताहरुले बताएका छन । यहि अनुरुप सिद्धार्थ उपशाखाले पनि आफ्नो काम गरेको यसका अध्यक्ष वसन्त कुमार लाल कर्णले बताए । उनले उपशाखाको स्थापना दिवसको अवसरमा भिम अस्पतालमा बिरामीहरुलाई फलफूल र खाद्यान्न बितरण, रक्तदान कार्यक्रम, सरसफाई तथा तथा जनचेतनामूलक अभिमूखीकरण कार्यक्रम गरिएको कर्णले बताए ।
नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका अध्यक्ष वसन्त कुमार लाल कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपाने, २ नम्बर वडाका वडाध्यक्ष छेदीलाल श्रीवास्तव, सिद्धार्थ उध्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, आजिवन सदस्य श्रीराम गुप्ता, कार्यसमिति सदस्य रुविता पुलामी कार्की, सिद्धार्थ सामुदायिक सेवा केन्द्रका अध्यक्ष गोविन्द प्रसाद बस्याल, उपशाखाका सल्लाहकार शेष नारायण भण्डारी लगायतले बोलेका थिए । कार्यक्रम उपशाखाका सचिव राजेश जिसीको सन्चालन तथा उपाध्यक्ष ललिता बछारको स्वागत मन्तब्य रहेको थियो ।
प्रतिक्रिया