बुटवल । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ। तराईका अधिकांश स्थानमा बाक्लो हुस्सुरकुहिरो लागेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
शनिबार कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
सोमवार भने प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया