ताजा अपडेट »

देशको वर्तमान आर्थिक स्थिति कस्ताे छ ? (राष्ट्र बैंकको रिपोर्ट)

शुक्रबार, २९ पुस २०७९

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/०८० को महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक गरेको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको सार्वजनिक गरिएको रिपोर्टमा मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ । 

आयात नियन्त्रण र रेमिट्यान्स वृद्धि हुँदा शोधनान्तर स्थितिको बचत पनि बढ्दै गएको छ । शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा रहेको बैंकले जनाएको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोडले घाटामा रहेको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६४ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको ५ महिनामा ३४ करोड ६८ लाखले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।