बुटवल । पाल्पामा आफ्नो श्रीमानलाई ज्यान मार्ने उद्धेश्यले धारिलो चक्कु प्रहार गर्ने श्रीमति पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका–७ की प्रियंका थापा रहेकी छिन् ।
उनले मंसिर १७ गते आफ्नै श्रीमान ३० वर्षीय शेरजंग थापालाई पटक पटक विवाद पश्चात ज्यान मार्ने उदेश्यले पेटमा धारिलो चक्कु प्रहार गरेकी थिइन् । चक्कु प्रहार गर्ने प्रियंकालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यस्तै तरवारले अचानोमा राखि काट्ने अनि धाक धम्की गर्ने व्यक्ति पक्राउ परेका छन् । मंगलबार पाल्पा रिब्दीकोट गाउँपालिका–३ का २४ वर्षीय हिरा बहादुर दर्लामीले आफ्नो आमा चित्र कुमारी दर्लामीलाई अश्लिल गाली गलौज गर्नुको साथै तरवारले अचानोमा राखि काट्ने धाक धम्की दिएका थिए । धम्की दिने हिराबहादुरलाई हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रतिक्रिया