बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री लिला गिरीले ५ वर्ष नै आफ्नो नेतृत्वमा सरकार रहने बताएका छन् । समाचार माध्यमहरुमा आएको जस्तो साढे २ वर्ष एमाले र मोआवादीले आलोपालो नेतृत्व गर्ने बारे आफूलाई जानकारी नभएको स्पष्ट पारे ।
बुधबार मुख्यमन्त्री पदमा नियुक्त भएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै गिरीले केन्द्रमा सहमती भए अनुसार लुम्बिनी प्रदेशमा एमालेको तर्फबाट आफूले सरकारको नेतृत्व गरेको र कार्यकाल आधा–आधा भागबण्डा गर्ने बारे पार्टी नेतृत्वबाट कुनै जानकारी प्राप्त नभएको उल्लेख गरे । गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनको सपथ विहिबार दिउसो प्रदेश राजधानी राप्ती उपत्यकामा गर्ने कार्यक्रम रहेको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले पनि मुख्यमन्त्रीको दाबी गरेपछि आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमती भएको सञ्चार माध्यमहरुमा समाचार प्रकाशन भएका थिए ।
मुख्यमन्त्री गिरीले प्रदेशको कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । यसैगरी खर्च कटौती र मितव्ययीताका लागि प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने समेत उनले जानकारी दिए । लुम्बिनी प्रदेशमा १३ मन्त्रालय रहेकोमा यसको संख्यालाई सकेसम्म कम मन्त्रालयमा झारिने उल्लेख गरे । प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न दिएको समय सीमाको अन्तिम दिन धुबार सत्तारुढ दलहरुले दाबी पेश गरेका थिए । गिरीलाई एमालेसहित ७ राजानीतिक दल र २ स्वतन्त्र गरी ५७ जना सांसदले समर्थन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय छाडेर राप्तीमै सपथ ग्रहरण
मुख्यमन्त्री तथा मन्त्री नियुक्त भएसँगै प्रदेश प्रमुखको कार्यालय सपथ खाने परम्परा रहे पनि लुम्बिनी प्रदेशमा भने प्रदेश प्रमुखको कार्यालय बाहिर नै सपथ कार्यक्रम हुने भएको छ । बुटवलमा रहेको प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा नभई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा विहिबार सपथ ग्रहरणको कार्यक्रम तय गरिएको छ । दिउसो १ बजे हुने सपथ ग्रहरण कार्यक्रमका लागि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको छ ।
अघिल्लो सरकारले अस्थायी मुकाम बुटवलबाट प्रदेश राजधानी सारेर राप्ती उपत्यकामा लगेको र सोही ठाउँबाट कार्यभार सम्हाल्नु पर्ने भएका कारण मुख्यमन्त्री लिला गिरीकै आग्रहमा राप्तीमा सपथ ग्रहण्का कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालय स्रोतले जनाएको छ । विगतमा लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्ने समयमा समेत महत्वपूर्ण भूमिका निभाएका मुख्यमन्त्री गिरीले आफू नियुक्त भैसकेपछि पनि प्रदेशको कार्यान्वयननै आफ्नो पहिलो प्राथमिकता भएको बताएका थिए ।
प्रतिक्रिया