ताजा अपडेट »

अनुमति नलिएका उद्योग बन्द गर्ने सरकारको निर्देशनप्रति क्रसर महासंघको आपत्ति

आइतबार, २४ पुस २०७९

बुटवल। सरकारले कानूनविपरीत हुने गरी दर्ता नगरी तथा सञ्‍चालन अनुमति नलिई सञ्‍चालनमा रहेका, ढुङ्गा गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा प्रशोधन गर्ने क्रसर तथा बालुवा उद्योगहरूलाई बन्द गर्ने निर्देशन दिएपछि नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको उक्त कदमप्रति आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतको गत साउन ९ गतेको पत्रसंख्या ०७९/८०/१० को फैसलाको निर्देशन नेपाल सरकारबाट कार्यान्वयन नगरेर नेपाल सरकारले पुस २० को गृह मन्त्रालयको पत्रबाट कानूनअनुसार दर्ता भई सञ्‍चालन अनुमति प्राप्त गरी सञ्‍चालनमा रहेको ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन तथा प्रशोधन गर्ने, क्रसर बालुवा तथा खानी उद्योगहरू लाई ७७ वटै जिल्ला प्रशासन कार्यालयले उत्खनन, उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाई बन्द गरेको प्रति यस महासंघ गम्भीर आपत्ति प्रकट गर्दछ ।’