ताजा अपडेट »

तिलोत्तमाको दोस्रो नगरसभा तथा प्रथम बैठक सम्पन्न

आइतबार, २४ पुस २०७९

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा, दोस्रो अधिवेशनको प्रथम बैठक नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न नगरसभाले नगर उपप्रमुख जगेश्वरदेवि चौधरीबाट प्रस्तुत गरिएको विभिन्न प्रस्ताबमा निर्णय गरेको छ।

बैठकले आर्थिक ऎनको संशोधन, बजेट योजना तथा कार्यक्रम म्याद थप, बेरुजु अनुमोदन तथा एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिवेदन लगायतका निर्णयहरु भएका छन् । नगरसभाले तिलोत्तमा नगरपालिकाको आर्थिक ऐनको संशोधन र बजेट योजना तथा कार्यक्रम म्याद थप, विभिन्न आर्थिक वर्षमा कायम भएका नियमित गर्नुपर्ने बेरुजुका सम्बन्धमा छ्लफल भइ समपरिक्षणका लागि महालेखापरिक्षक समक्ष पेश गर्ने, एकीकृत सम्पत्ति, घर, जग्गा, बहाल करको दायरा ब्यबसायिक कर तथा हालसम्म न्यायिक समितीको प्रतिबेदन लगायतका निर्णय सर्व सहमतिमा पारित गरेको छ ।

नगरसभामा  आएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ तथा सहजीकरण उपप्रमुख जगेश्वरदेवि चौधरी र नगरप्रमुख रामकृष्ण खाणले गरेका थिए । नगरसभाले गरेको विभिन्न निर्णयको बारेमा रहेका जिज्ञासा र सुझाव सहित कार्यपालिका सदस्य, नगरसभाका सदस्यहरुले राखेका भनाई र नगरको प्रशासनिक नीतिको नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आवश्यक सहजीकरण गरेका थिए । नगरसभामा सबै वार्ड अध्यक्ष एवम् कार्यपालिका सदस्य, नगरासभा सदस्य तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्य, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख माधव पोखरेल, लेखा प्रमुख रमेश वश्याल, सूचना प्रबिधि प्रमुख ईन्जिनियर सुदिप ढकाल लगायत विषयगत कर्मचारीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो।