ताजा अपडेट »

रुपन्देहीमा अवैध रुपमा संचालीत ६१ क्रसर उद्योग बन्द

आइतबार, २४ पुस २०७९

बुटवल । अवैध रुपमा रुपन्देहीमा सञ्चालनमा रहेका ६१ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न गत पुस २० गते परिपत्र गरेको थियो ।

सोही अनुसार परिपत्र भएपछि दर्ता भएका तर नवीकरण नगरी संचालनमा रहेका क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले जिल्लाका क्रसर उद्योगले दर्ता भएपछि देखि नै आफ्नो आम्दानी गरिरहेपनि राज्यको नियमलाई अटेर गरेको पाइएपछि बन्द गर्नुपरेको जनाए ।