बुटवल । सरकारको न्यूनतम् साझा कार्यक्रम निर्माणका लागि बनेको कार्यदलले तयार पारेको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज बुझाउने भएको छ । शुक्रबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले मस्यौदा तयार गरेको हो । उक्त मस्यौदा नेताहरूलाई हस्तान्तरण गरिएपनि प्रधानमन्त्री प्रचण्डलाई फेरि आज औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
उक्त मस्यौदालाई नेताहरुले अन्तिम रुप दिएर सार्वजनिक गरिने बताइएको छ । मस्यौदामा भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र जनसरकारका विषयलाई प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया