बुटवल । प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले अब छिट्टै नै तिलोत्तमा नगरमा एकहजार शैया क्षमताको मेडिकल कलेजको शिलान्यास गरिने बताएका छन् । शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १-४ को २२ औँ साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद घिमिरेले सबैको सहकार्य र सहयोगले आफू विजयी बनेको बताएका छन् ।
नवनिर्वाचित सांसद घिमिरेले वनअन्तर्गत वनवाटिकामा रहेको बहुउदेश्य भ्यू टावरको आलोचना गरिए पनि हाल टावरको रूपमा मात्रै नभएर आम्दानीको स्रोतको रूपमा अघि बढेको उल्लेख गरेका छन् । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडले वन र जनता एकै सिक्काका दुई पाटा भएको बताउँदै वनलाई स्वरोजगार पर्या पर्यटन र आधुनिकतासँग जोड्नुपर्ने जरूरी रहेको बताए । उनले समयअनुसार चल्नु पर्ने बताउँदै जंगलबाट जैविक मल बनाउन सकेमा आम्दानीको स्रोत पनि बढ्नेमा आशा व्यक्त गरका छन् ।
वनका कानूनी सल्लाहकार खुमकान्त पौडेलले वनवाटिका र सामुदायिक वनबिच आत्मिय सम्बन्ध कायम गरि अघि बढ्न सुझाव दिए ।
तिलोत्तमा १ का वाड अध्यक्ष फर्सुराम गिरीले वन हामी सबैका लागि अपरिहार्य रहेको बताउँदै यसलाई सबै मिलेर संरक्षण गर्न जरूरी रहेको बताए । उनले वन सामुदायिक वनका रूपमा समुदायलाई हस्तान्तरण भएपछि वन जोगिएको बताए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डिभिजन वन कार्यालय प्रमुख प्रभात सापकोटाले हामी सबैले आफ्नो दायित्व सम्झेर वनको संरक्षण गर्नुपर्ने बताए । उनले आवश्यकताअनुरसार वनको प्रयोग गर्दै वनमा थुप्रिने फोहरलाई मोहरमा परिणत गर्न जरूरी रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डेले वन विनास नगरी पर्या पर्यटन कायम रहनेगरी वनका गतिविधि अगाडि बढाउन आग्रह गरे । साथै कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति हरिलाल पाण्डे, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष बेलप्राद शर्मा, शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डे, महिला पार्षद नमुना भण्डारी, हरियाली वन संरक्षण महिला उपसमूह अध्यक्ष गिता बस्याल, करहिया सामूदायिक वन उपभोक्ता समूह अध्यक्ष खिम गौतम, सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला सचिव श्यामकला आचार्य, शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समूह अध्यक्ष झविन्द्र भण्डारीलगायतले बोलेका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका १-४ भित्रका पाँच सामुदायिक विद्यालयका एसईईमा उत्कृष्ट अंक ल्याउने दस जना विद्यार्थीलाई सम्मान गरिएको छ । त्यसैगरी वनबाट तालिम प्राप्त गरि व्यवसायिक बनेका तिनजना व्यवसायिक महिलाहरूलाई सम्मान गरिएको छ भने न्यून आय भएका भएका जेहेन्दार विद्यार्थीलाई समेत सम्मान गरिएको छ । त्यस्तै वनसँग सहकार्य गरि समुदायका हरेक गतिविधिमा अघि बढ्ने तिलोत्तमा १-४ भित्रका युवा क्लवहरू नवज्योति , सिद्धार्थ नमस्ते नेपाललगायतका क्लवहरूलाई समेत सम्मान गरिएको छ ।
साथै नेपालभरिका २२ हजार भन्दा बढी सामुदायिक वनहरू मध्येबाट उत्कृष्ट भई गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार २०७९ बाट पुरस्कृत भएकाले यो सफलतालाई अझ माथि बढाउन आवश्यक रहेको औल्याइएको छ । वनका अध्यक्ष रविन्द्र बस्नेतले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । वनका अध्यक्ष रविन्द्र बस्नेतको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष कमला ज्ञवालीले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव कालिका अधिकारीले गरेकी थिइन् ।
प्रतिक्रिया