ताजा अपडेट »

जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु

शुक्रबार, २२ पुस २०७९

काठमाडौँ । सप्तरीमा जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए।

चार दिनअघि भारतको पन्जाबबाट आएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेको स्थानीयले बताए । विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए। सप्तरीमा गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।