ताजा अपडेट »

अर्घाखाँचीमा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा एक जनाको मृत्यु

विहीबार, २१ पुस २०७९

बुटवल । अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सन्धिखर्क-११, जोगिमारेका ६१ वर्षिय ओमप्रकाश थापा रहेको अर्घाखाँची प्रहरीले जनाएको छ ।

मालारानी गाउँपालिका-२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गर्ने क्रममा ढुंगा उछिट्टिएर टाउकोमा लाग्दा थापा घाइते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए।