ताजा अपडेट »

सुनकाे मूल्य १ लाख ३१०० रुपैयाँ पुग्यो, चाँदीको भने घट्यो

विहीबार, २१ पुस २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ । जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ । 

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९००  रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ । बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४००  रुपैयाँ निर्धारण भएको थियो । 

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो ।