ताजा अपडेट »

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद पुनः थपियो

शुक्रबार, २५ माघ २०७५

माघ २५,

काठमाण्डौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद फेरि एक बर्ष थपिएको छ।  दुवै आयोगको म्याद भोलि शनिबारदेखि सकिदै थियो ।राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग  (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण गरेकी हुन्  । 

संसदको दुबै सदनबाट पारित विधेयक राष्ट्रपतिले शुक्रबार प्रमाणीकरण गरेसँगै बेपत्ता र सत्य निरुपण आयोगको म्याद थप एक बर्ष बढेको हो । २०७१ माघमा गठन भएको यो आयोग थप्ने विधेयकमा उल्लेख छ ।