ताजा अपडेट »

जारी छ तारानाथको अटो रिक्सासँगै व्यवसायिक यात्रा

बुधबार, १३ पुस २०७९

गुल्मी । गाउँघर मात्र होइन घरका अँगनसम्म सडक पुगेका छन । तर भनेको बेला सवारी साधन पाइँदैन । पक्कि सडकमा त बस, जिप, ट्रक दगुर्छन । तर गाउँ भित्र पुग्न सारै दुःख छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ च्यूरेक र थालपतीको बीचैबाट सडक गएको छ । सवारी साधन भने नियमित चल्दैन । वन तिरबाट गएको तानसेन रिडी तम्घास मोटरबाटोबाट गाउँ आउन एक देखि डेढ किलोमिटरको यात्रा तय गर्नु पर्छ ।

मुख्यतया रुरुक्षेत्र गाउँ पालिकाको ग्वादि भट्कुवा च्यूरेक याडुँग रिमुवा झमादी लगायतका भित्री गाउँहरुका बासिन्दालाई सवारी साधनको सहज उपलव्धता छैन । गाउँघरका समुदाय मुख्य बजार रिडी भएकाले किनमेल, धर्म कर्म औषधिमुलो गर्न यहि बजारमा छिमेकका गाउँका वासिन्दा आँउँछन र ती ग्रामीण क्षेत्रका वासिन्दाको सवारी आवागमनलाई सजिलो होस भनेर करिव एक वर्षदेखि रिडी बजार क्षेत्रमा अटो रिक्सा चलाउने गरिएको छ ।

यो क्षेत्रका केही उत्साहि युवाहरुले करिव आधा दर्जन अटो रिक्सा सञ्चालनमा ल्याएका छन । यिनै युवाहरु मध्येका तारानाथ न्यौपानेले वैदेशिक रोजगारीबाट फर्केर करिव दुई वर्षदेखि आफ्नै जन्मथलो रिडीमा अटो रिक्सा चलाउँछन । करिव २० वर्ष पहिला दुबई र पछिल्लो समय भारतीय शहर मुम्बई बसेका न्यौपानेले मुम्बई शहरमा पनि अटो रिक्सा चलाउँथे । ‘कती विदेशमा वस्ने ? भनेर गााउँ फर्के यहाँ आएँ यसो विचार गर्दा आफ्नै नै पुरानो पेशा गर्न मन लाग्यो ५ लाखमा नया“ अटो किनेर अटो चलाउन शुरु गरेँ ।’–न्याौपानेले भने । शुरुमा सबैले भाडा महँगो भने पनि पछिल्लो चरणमा सबैले लौ भाइ आउन पर्याे भनेर फोन गर्छन गाउँबाट सवारी ल्याउँछु र पुर्याउँछु मैले व्यवसायसँगै समाज सेवा पनि गरेको छु न्यौपाने भन्छन ।

सधै हँसिलो र फूर्तिलो रहने तारानाथ न्यौपानेको यो क्षेत्रमा सबैको रोजाई हो । जतिबेला भन्यो त्यतिबेला जहाँ भन्यो त्यहीँ पुग्छु उनले भने । वडा कार्यालयमा विधिवत दर्ता गरि वार्षिक कर समेत तिरेर अटो चलाउने न्याौपाने लाइसेन्स प्राप्त चालक हुन । लु १ ह २८३४ नम्बरको न्यौपाने यात्रु सेवा नाम राखेर चलाइएको अटोबाट दैनिक दुई हजारसम्म आम्दानी हुन्छ । यही अटोको आयस्ताले उनको परिवारको लालन पालन शिक्षा दिक्षाको गर्जाे टर्छ । पेट्रोलबाट चल्ने अटोले प्रति १० किलोमिटरमा एक लिटर पेट्रोल खाने गरेको बताउने तारानाथ न्यौपानेले भने सजिलै गाउँका आँगन आँगंनमा पुग्छ । नजिकका वस्तिहरुबाट आउने बासिन्दाका प्रीय अटोचालक तारानाथ न्यौपाने परिश्रमी र इमानदार छन ।