ताजा अपडेट »

शपथ ग्रहण कार्यक्रम नसकिदैँ हिँडे देउवा

सोमबार, ११ पुस २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । 

शपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागि थिए । तर, उनी प्रचण्डले शपथ लिनेबित्तिकै बधाई दिएर कार्यक्रमकै बीच शीतल निवासबाट हिँडेका छन् ।