पुस १२,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामासंचालित ईपिकवि ब्रदर्श कप टि २० क्रिकेट प्रतियोगिताको उपाधी मणिमुकुन्द कलेजले जितेको छ । मणिमुकुन्दले एम्स कलेज बुटवललाई ७ विकेटले पराजित गर्र्दै उपाधी जितेको हो ।
उपाधीसंगै मणिमुकुन्दले नगद ८० हजार सहित, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एम्सले नगद ४० हजार प्राप्त गरेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाईनल खेलमा टस जितेर ब्याटिङ्ग रोजेको एम्स ८५ रनमा अल आउट भएको थियो । जितका लागि ८६ रनको सामान्य लक्ष्यका साथ व्याटिङ्ग थालेको मणिमुकुन्दले ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । प्रतियोगिता अवधिभर ५ विकेट लिदै १ सय १८ रन बनाउन सफल न्यु होराइजनका अर्जुन गिरीले म्यान अफ टुनामेन्टको उपाधी जिते भने १ सय ५६ रन बनाउन सफल मणिमुकुन्द कलेजका महेन्द्र सुवेदी क्षेत्रीले बेष्ट ब्याट्स् म्यानको उपाधी प्राप्त गरेका छन् ।
त्यस्तै डायनामिक कलेजका सनित श्रेष्ठ वेष्ट विकेट किपर र एम्सका यम क्षेत्री वेष्ट वलर बने । क्षेत्रीले प्रतियोगिता अवधिभर १० विकेट लिएका थिए । विजेता टिमलाई पाठक इन्डष्ट्रिजका म्यानेजिङ डाइेक्टर बाबुराम पाठक, वीब्रदर्श इभेन्टका अध्यक्ष शिशिर पाठक र नवजीवन क्लव १० नं. को साँस्कृतिक संयोजक छबि अधिकारीले पुरस्कार प्रदान गरेका थिए । रुपन्देही सहित अन्य बिभिन्न जिल्लाका १७ कलेजका टिमहरुको सहभागिता रहेको प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजीवन क्लबको खेल मैदान टिपिएल ग्राउण्डमा संचालन भएको थियो ।
प्रतिक्रिया