ताजा अपडेट »

न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु

विहीबार, ०७ पुस २०७९

बुटवल । नेपालको पूर्वी भू-भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहानैदेखि तराईमा हुस्सु लागेको छ । लुम्बिनी प्रदेशका तराइका जिल्लाहरु नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दीया लगायतका जिल्लामा हुस्सु लागेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भुभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार प्रदेश १, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ ।