ताजा अपडेट »

डेरी एसोसिएशनको २१ औँ साधारण सभा बुटवलमा हुने

शुक्रबार, ११ पुस २०७६

पुस ११,

ग्लोबल आवाज

बुटवल । नेपाल डेरी एसोसिएशनको २१ को वार्षिक साधारण सभा शनिबार बुटवलमा हुदैँ छ । साधारणसभाको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । दुग्ध व्यवसायीहको राष्ट्रिय छाता संगठनको रुपमा रहेको यस संस्थामा २ सय ८० भन्दा बढी उद्योगी व्यवसायीहरु आवद्ध रहेका छन् ।

वार्षिक साधारणका बारे जानकारी गराउनका लागि शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले यस क्षेत्रमा २५ अर्ब भन्दा बढी लगानी रहेको जनाकारी गराए । मुलूकभर दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने बताउँदै उनले उत्पादनको ५० प्रतिशत बजारमा जाने र ५० प्रतिशत स्वयम कृषकले नै खपत गर्ने गरेको उनले बताए । बजारमा जाने उत्पादीत दुध मध्ये १७ प्रतिशत मात्रै औपचारिक रुपमा सहि तरीकाले प्रशोधन भई बजारमा जाने गरेको उनले बताए । कार्यक्रममा बोल्दै साधारणसभा आयोजनाका संयोजक कृष्ण भट्टराईले प्रदेश ५ बाट दैनिक १ लाख लिटर दुध अन्य प्रदेशमा निर्यात हुने गरेको जानकारी गराए ।

प्रदेश ५ मा डेरी उद्योगबाट दैनिक २ लाख ५० हजार दुध बजारमा जाने तथा स्वयम कृषकबाट अनौपचारिक रुपमा दैनिक ३ लाख लिटर दुध बिक्रि हुने गरेको उनले बताए । प्रदेशमा ३० घरेलु डेरी उद्योग, ७ साना उद्योग, १० मझौला र ६ ठूला डेरी उद्योग रहेका छन् । प्रदेश भित्र रहेका डेरी उद्योगहरुबाट दैनिक ३ लाख लिटर दुध प्रशोधन गर्न सकिने भएता पनि हाल दैनिक २ लाख ५० हजार लिटर मात्रै प्रशोधन हुने गरेको उनले बताए । यस क्षेत्रमा २ हजार जनाले उद्योग तथा ५ हजार जना उत्पादनमा गरी ७ हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । अप्रत्यक्ष रुपमा रोजगारी पाउनेको संख्या ४ हजार रहेको संयोजक भट्टराई बताए ।