बुटवल । पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमका बीच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशी बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
परिषदले आफनो वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार ब्यवस्थापनका साथै क्षमता विकासका कार्यक्रमहरु चलाउँदै आएका छन् । लुम्बिनी प्रदेशका पर्यटन ब्यवसायीहरुको मागलाई ध्यानमा राखेर आवश्यक तालिम र पाठ्यक्रम तयार गरि संचालन गर्ने तयारीमा रहेको उनले बताए । नाथम र परिषदबाट ब्यवसायको गुणस्तर विधि, स्थानिय रुपमा उत्पादित रैथाने खानाको ब्राण्डिङ तथा समग्र पर्यटन ब्यवसायको प्रवद्र्धनका निम्ति प्रदेशभर अध्ययन र अनुसन्धानको काम समेत गर्ने उनले बताए । पुस महिनामा रुपन्देही, बर्दिया, बाके र पाल्पा जिल्लामा पर्यटन ब्यवसायलाई लक्षित गरि तालिम संचालन गर्ने तथा थप कार्यक्रमहरु तया भएको उनले बताए ।
प्रदेशमा आवश्यक जनशक्तिको पहिचान र दक्षता अभिवृद्धि र स्थानिय रोजगार उत्पादनमा विशेष जोड दिईने उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट पर्यटन ब्यवसायको विकास, बिस्तार र प्रवद्र्धन गरि लुम्बिनी प्रदेशलाई एक आर्कषक पर्यटनस्थलको रुपमा विकसित गर्न, राष्टिय र अन्तराष्टिय स्तरमा पर्यटकीय गन्त्ब्यहरु परिचित गराउने उद्येश्यका साथ परिषद गठन गरि संचालनमा ल्याएका छ ।
प्रतिक्रिया