ताजा अपडेट »

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा शिलु भट्टराई

आइतबार, ०३ पुस २०७९

गुल्मी  । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अध्यक्षमा गायिका  शिलु भट्टराई निर्वाचित  भएकी छ्न । शनिबार  भएको  सुरु ७ औं जिल्ला अधिवेशनले भट्टराईलाई सर्वसहमतीमा अध्यक्ष चयन गरेको हो ।  

शनिबार रातिसम्म चलेको अधिवेशनले प्रथम  उपाध्यक्षमा  मोहन  बस्नेत, दितीय  श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी,  सहसचिव अनिल खत्री, कोषाध्यक्ष लोकेन्द्र  कुवर, सह कोषाध्यक्ष कमल  कंडेलसहित २१ सदस्यीय कार्यसमिति चयन  भएको छ । निवर्तमान अध्यक्ष वसन्त  खत्रीले  ३  वर्षे  कार्यकाल  सफलतापूर्वक पूरा गरि आइतबार विहान प्रतिष्ठानको म्यागनुट नवनिर्वाचित अध्यक्ष  भट्टराई बुझाएका छन् ।

अधिवेशनले  विभिन्न  बिभाग समेत  गठन  गरेको  छ । खेलकुद बिभाग संयोजक  सन्दिप जिसि, सांस्कृतिक संयोजक लालुमाया कुवर र प्रबक्ता सदस्य धनेद्र कुवर रहेका  छ्न । प्रतिस्ठानका केन्द्रिय अध्यक्ष रमेश बि जि,  लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पान्डे लगायत शुभकामना व्यक्त गरेका छन् ।