भैरहवा । रुपन्देहीको लुम्बिनीमा मंगलबार ‘बजाज माइलेज च्याम्पियन कन्टेस्ट’ हुने भएको छ । बज अटोमोबाईल्स कम्पनीको आयोजनामा पुस ५ गते मंगलबार बजाज माइलेज च्याम्पियन हुने भएको हो ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहक वर्गलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिन लागेको बज अटो मोबाईल्सको क्षेत्रिय प्रवन्धक प्रकाश शर्माले बताए । १ सय २५ सीसीको डिस्कभर मोटरसाइकलको माइलेज च्याम्पियन हुने उनले बताए ।
नयाँ पुस्ताले बढी पेट्रोल खर्च गरि मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला डिस्कभर प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास लिइएको शर्माले बताए । मंगलबार बिहान ९ बजे उक्त प्रतियोगिता लुम्बिनी बिकास कोष भित्र रहेको बिद्युत मैदान भित्र हुने उनले जानकारी दिए । प्रतियोगितामा सवारी चालक अनुमति पत्र भएका मोटरसाईकल चालकहरुले भाग दिन सक्ने शर्माले बताए । यसरी भाग लिएका प्रतियोगीहरु मध्ये उत्कृष्ट तीन जनालाई पुरस्कारको ब्यवस्था समेत रहेको उनले बताए ।
प्रतिक्रिया