गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले निःशुल्क बृहत् स्वास्थ्य शिविर संचालन गरेको छ । बिहिवारदेखि दुई दिन सम्म शान्तिपुर स्थित गाउँपालिका कार्यालय र चन्द्रकोट क्याम्पसमा चल्ने स्वास्थ्य शिविरको एक समारोहका बिच चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसि खत्रीले उद्घाटन गरे ।
शिविरमा देशकै चर्चित मुटु रोग विशेषज्ञ डाक्टर मन बहादुर केसिले वडा नम्बर ४ रेमिमा ८५ वर्षिय बृद्ध मान बहादुर पुनको स्वास्थ्य परिक्षण गरेर सुरुवात गरेका थिए । त्यस्तै दुई वर्ष देखि सुगरबाट पिडित शान्तिपुरकी ५६ वर्षिया सीता थापालाई डाक्टर दिपा लामिछानेले स्वास्थ्य परीक्षण गर्दै विभिन्न सुझवहरु दिए ।
शिबिरमा बढी मात्रमा महिला र बृद्ध बृद्धाको सहभागिता थियो । एकै दिन करिव एक हजारले निःशुल्क स्वास्थ्य परिक्षण र उपचारको टिकट काटेको त्यस गाउँपालिका प्रवक्ता रहेका वडाध्यक्ष घनश्याम खरेलले जानकारी दिए । डाक्टर केसिसँगै वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर कल्पना कुमारी श्रेष्ठ, वरिष्ठ जनरल फिजिसीयन विशेषज्ञ डा.नन्दु पाठकविशेषज्ञ डा. गोविन्द प्रधान स्त्री रोग विशेषज्ञ डा. आस्था ढकाल सहित
करिब ३० जना डा. ले सेवा दिने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए । मृगौला, मुटु रोग जस्ता जटिल प्रकृतीका रोगहरुका वरिष्ठ विशेषज्ञ डाक्टरु पालिका मै झिकाएर सेवा दिएकोले आफुहरुले स्थानीय सरकार अभिभावक भएको महशुस गरिएको सेवाग्राही शान्तिपुरका बासिन्दा कृष्ण बहादुर थापा बताउ्रँछन् ।
पालिका अध्यक्ष युवराज खत्रीले नेपाल सरकारका पूर्व मुख्यसचिव लीलामणि पौडेल र नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द्रसँग समन्वय गरेर यस्ता वरिष्ठ विशेषज्ञ डाक्टर बोलाएर निर्वाचन आफुरुले जनता सङ्ग गरेका वाचाहरु पूरा गरिएको बताए । शिविरमा जिल्ला स्वास्थ्य कार्यालय र तम्घासबाट नेत्रज्योति संघले आँखा उपचार समेत गरिरहेको छ ।
प्रतिक्रिया