ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य

शुक्रबार, ०१ पुस २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मुल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोवार भइरहेको महासघंले जनाएकाे छ ।