विभिन्नआरोह–अवरोहका बीच विभिन्न चरणहरु पार गर्दै वि.स. २०७८ मंसिर २९ गते हजारौ जनसमुदायको उपस्थितिमा तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिएको थियो । घोषणा गरेर कार्यनयनमा आएको पनि एक वर्ष पूरा भएको छ । एक वर्षको अवसर पारेर तिलोत्तमा नगरपालिकाले विभिन्न सरोकारवालासँग फरक-फरक कार्यक्रमहरु आयोजना गरेर सम्पन्न गरेको छ ।
तिलोत्तमा नगरपालिका नेपालकै ५१ ओटा सूचक पूरा गर्ने पहिलो र रुपन्देही जिल्लाकै पहिलो नगरपालिका बन्न सफल भएको छ । वर्तमान समयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा तिलोत्तमा नगरपालिकाको आफ्नो छुट्टै पहिचान निमार्ण भएको छ । त्यसमा बालमैत्री घोषणाले थप सहयोग पुगेको छ ।
सामान्यतया बालमैत्री स्थानीय साशनभन्नाले बालबचाउ, बाल संरक्षण, बालविकास, र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउछ ।
बालमैत्री शासनले बालमैत्री गैर विभेदकरण, बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गिण विकास र बाल सहभागिताको सिद्धान्तमा आधारित भई बालअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासनहो ।
बालमैत्री शासनका निम्ति नेपालको संविधान, २०७२ (धारा ३९ मा १० उपधाराको व्यवस्था), बालअधिकार सम्बन्धी महासन्धि १९८९, स्थानीय स्वायत्त शासन ऐन , २०५५, बालबालिका सम्बन्धि ऐन, २०४८, बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९, बालश्रम (निषेध र नियमित) ऐन, २०५६, दिगो विकासका लक्ष्यहरु (२०१६-२०३०) र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका, २०७८ रहेका छन् । जसले बालमैत्री शासन व्यवस्थालाई थप सहयोग पु¥याएको छ ।
तिलोत्तमा नगरपालिकाले ५ वटा क्षेत्रका ५१ वटा सूचकहरु (बालबचाउ १४ सूचक, बाल संरक्षण समिति १० सूचक, बालविकास ६ सूचक, बाल सहभागिता ६ सूचक र संस्थागत सूचक १५) रहेकका थिए । एक वर्षमा बाल समुहको संख्या विद्यालय स्तरमा ६६, समुदाय स्तरमा १६६ गरि जम्मा २३२ रहेका छन् । वडा बाल सञ्जालको संख्या १७, नगरपालिकाको बालमैत्री योजना कार्यन्वयन कार्यदल समिति १, नगरबाल सञ्जाल १, बालमैत्रीनगर समिति १, बालअधिकार नगर समिति १, वडा स्तरीय बालमैत्री समिति १७ र वडा स्तरीय बालअधिकार समिति १७ रहेको छ । नगरपालिकाले नगरस्तरबाट र वडा स्तरबाट करोडौ रुपैया आफ्नो नीति तथा कार्यक्रममा विनियोजन गरेको छ । हाल सम्पर्क व्यक्ति, सहजकर्ता र नगर समन्वयनकर्ताका माध्यमबाट आफ्नो कार्यलाई थप सशक्त बनाएको छ । हाल ४ हजार ५ सय ५५ जना विद्यालय तथा समुदायमा आधारित बालसमुहमा संजालमा सदस्य रहेका छन् ।
बालमैत्री नगरपालिका घोषणा भएपश्चात बालबालिकाको लागि अवसरका ढोकाहरु खोलिएका छन् । विभिन्न क्षेत्रमा अर्थपूर्ण सहभागिता भएको छ । बालबालिकाहरुमा नेतृत्व विकास, सामुहिक भावनाको विकास र आफ्ना हक–अधिकार बारे जनचेतनाको विकास भएको छ । जसले गर्दा समाजको कुसंस्कार बिरुद्ध जस्तो बालविवाह, बाल हिंसा न्युनिकरण, १८ वर्ष मुनिका बालबालिकाहरुलाई मध्यपान, धुम्रपान जस्ता सुर्तिजन्य पद्धार्थ वित्रिःवितरणमा रोक लगाउनमा मद्दत पुगेको छ । समग्रमा भन्नुपर्दा बालमैत्री शासनले समाजमा सकारात्मक प्रभाव पारेको छ । आशाका किरणहरु देखा परेका छन् । बालबालिकाहरु लागि वडा र नगरपालिकाको नीति तथा कार्यक्रममा सहभागितामा अनिवार्य बनाइएको छ । समाजले बालबालिकाको अस्तित्वलाई विस्तारै स्विकार गर्ने वातावरण निमार्ण हुँदैछ ।
कुनै पनि कामको निश्चित समय पश्चात समीक्षा गर्न जरुरी छ । जसले हामीलाई हाम्रो कमी–कमजोरी, सकारात्मक र नकारत्मक पक्ष, अवसर र चुनौति र भावि योजना गराउन मद्दत गर्छ । एक वर्षमा नै यसको प्रतिफल खोज्नु अलि हतार हुन सक्छ । केहि कमी–कम्जोरी रहेका छन् । सुधार गर्नुपर्ने ठाउँहरु रहेका पनि छन् । तर यसको सुरुवात हुनु र यसले निरन्तरता पाउनु नै महत्वपूर्ण हो । तसर्थ अब हामीले पनि गहन रुपमा समीक्षा गर्दै अघि बढ्न जरुरी छ ।
तिलोत्तमा नगरपालिकाले भौतिक विकाससँगै मानवीय विकासलाई जोड दिएको छ । आज हामीले हाम्रा बालबालिकालाई कस्तो वातावरण र अवसर प्रदान गर्छौ त्यहि अनुरुप अब आउने ५ वर्ष, १० वर्षपछिको समाज निमार्ण हुन्छ । तसर्थ हामीले बालमैत्री नगरपालिका घोषणा गरेर मात्र हुँदैन । त्यसको निरन्तरता, दिगोपनाका लागि विशेष ध्यानदिन जरुरी छ । बालमैत्री नगरपालिका दिगोपनाका लागि
बजेटको व्यवस्था : बालमैत्री शासन सन्चालनगर्न नगरस्तरीय र वडास्तरीय कार्यक्रमहरु सञ्चालन, भौतिक संरचना निमार्ण गर्न आवश्यक पर्छ । साथै तीन तहको कर्मचारीले समन्वयनकारी भूमिका हुन्छ । उनिहरुका लागि प्रयाप्त बजेटको व्यवस्था गर्न पर्छ । जसले गर्दा सूचक अनुरुप कामगर्न, बालबालिका, र सम्बन्धित निकायलाई सन्चालन गर्न सहज होस् ।
बालमैत्री शासनले निर्धारण गरेका पूर्वधारको व्यवस्था : बाल मैत्रीशासनले बालबाललिका केन्द्रित स्कुलदेखि सार्वजनिक स्थलहरुमा बालमैत्री संरचनाको व्यवस्था गरेको छ । बालबालिकाहरुलाई दैनिक जिवनमा प्रयोग हुने संरचनाहरु उनिहरु अनुरुप हुन आवश्यक देखिन्छ । जस्तो स्कुल वा सार्वजनिक स्थलका शौचालय बाल मैत्री छन् वा छैन भन्ने कुराले पनि बालमैत्री शासन व्यवस्थामा असर पार्छ ।
क्षमता अभिवृद्धिका कार्यक्रमः बालमैत्री शासन व्यवस्था एक सिकाई प्रकृया हो । हामीले बालबालिका र तयसका फोकल पर्सनलाई कस्तो अवसर दिन्छौ साथै त्यसबाट उनिहरुको नेतृत्वदायी क्षमतामा कस्तो प्रभाव पर्छ भन्ने कुराले पनि असर गर्छ । तसर्थ बाल जनप्रतिनिधि, कर्मचारी, सम्पर्क व्यक्ति, सहजकर्ताहरु, बालक्लव, सञ्जालका बालबालिकाहरुलाई समय सापेक्ष तालिमहरु दिन जरुरी छ ।
विभिन्न निकायहरु बीच सहकार्यः बालमैत्री नगरपालिकको मात्र, जनप्रतिनिध, कर्मचारी बालबालिकाको मात्र सवाल होइन । तसर्थ बालमैत्री शासन व्यवस्था दिगोपनाका निम्ति सबै सरोकारवाला बीच समन्वय हुन जरुरी छ ।
जनचेतनामूलक कार्यक्रम: अझ पनि हामीले बालमैत्री नगरपालिका बारे व्यापक प्रचार गर्न सकिरहेका छैनौ । जसले गर्दा अधिकांश व्यक्तिहरुले यसको महत्वबारे बुझ्न पाएका छैनन् । तसर्थ हामीले बालमैत्री नगरपालिका बारे जनस्तरसम्म जनचेतना पु¥याउन गरुरी छ ।
कुनै पनि कार्यक्रम घोषणा गर्नु महत्वपूर्ण होइन । हामीले त्यस कार्यक्रमलाई कत्तिको निरन्तरता दियौं ? भन्ने विषय प्रमुख हो । दिगो विकासका लक्ष्यले २०३० सम्म बालमैत्री शासन लागू गर्ने उद्देश्य राखेको छ । बालमैत्री शासन व्यवस्थाले बालबालिकालाई मात्र नभएर समग्र समाजलाई नै सकारात्मक प्रभाव पारेको छ । यसले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय अवसरका ढोकाहरु खुल्ला गरेको छ । तसर्थ यो हामी सकैको साझा विषयहो । आउनुहोस एउटा साझा सपना देखौं । बालमैत्री नगरपालिका दिगोपनाका निम्ति हातेमालो गरौ ।
प्रतिक्रिया