ताजा अपडेट »

रुरुक्षेत्र १ का वडा सदस्य घनश्याम जो आफैं बिजुलीको पोलमा चढेर बत्तिको व्यवस्थापन गर्छन्

विहीबार, २९ मंसिर २०७९

गुल्मी । रुरुक्षेत्र १ बँगैचाका गँगा बहादुर थापाले अचम्म मानेर हेर्दै थिए । उनलाई याे कुरा पत्यार नेै लागेन पहिले तर कुरा वास्तविक थियाे । रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य घनश्याम ज्ञवाली , शुसिल श्रेष्ठ र वडाध्यक्ष नवराज वि क दश बज्दा नबज्दै रिडीबजार झरे र कम्मरमा सेफ्टि बेल्ट बाँधेर बिजुलीका पाेलमा चढेर सडक बत्तिकाे व्यवस्थापन गर्न लागे ।

गाउँकाे जनप्रतिनिधि नै बिजुलीका पाेलहरुमा चढ्ने, बिजुली मर्मत गर्ने र समुदायका लागि खट्ने जन प्रतिनिधिकाे कामकाे खटन पटन देख्दा रिडीबजारका गँगा थापा मात्र हाेईन स्थानीय भरत ज्ञवाली ,राम प्रसाद जाेशी लगाएत दर्जनौँ रिडी वासिहरुले जाेखिम माेलेर घनस्याम ज्ञवालीले गरेकाे काम हेरि मात्र रहेनन गँगा थापाले त अब रुरुक्षेत्र गाउँपालिकामा केही नयाँ हुने आशा पलाएकाे टिप्पणी समेत गरे ।

गत स्थानीय निर्वाचनमा स्थानीय रुरुक्षेत्र १ मा नेकपा एमालेकाे तर्फबाट ९ सय सतसठ्ठि मत सहित विजयी बनेका घनस्याम ज्ञवाली निर्वाचित भएकै केही दिन मै स्थानीय भट्कुवामा करिब १५ वटा बिजुलीका पाेल ब्यवस्थित गर्न पाेल पाेलमा चढेर काम गरेका थिए । पछिल्लो चरणमा त वडा भित्रका गरिब दुखिका घरमा बिग्रेका बिजुली मर्मत गरेर अँध्याराे बस्तिलाई उज्यालो बनाउने काममा जुटेका छन ।

उनले गरेकाे काम काठमाडौंका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाँगकाे भन्दा कम छैन तर उनी गुपचुप छन र प्रचारप्रसार लाई भन्दा कामलाई महत्त्व दिन्छन् । जनताले हामीलाई काम गर्न पठाएका हुन, व्यानर अनुसारका कार्यक्रम भन्दै फाेटा हालेर आफ्नै प्रचारप्रसार गर्न पठाएका हाेइनन ,हामीले हाम्रो कामले जनताको सेवा गर्ने र मन जित्ने हाे उनले भने ।

घनस्याम ज्ञवाली कहिल्यै स्क्याण्डल बन्न चाहेनन । जनप्रतिनिधि नहुँदा समेत थाेर्गाकाे च्यूरेक र थानपती क्षेत्रमा केबल नेटवर्क मार्फत सन्चार पुर्याएका उनी पछिल्लो समय गाउँमा ईन्टरनेट सेवा विस्तार गर्ने पहिलो व्यक्ति हुन । गज्जब त के छ भने उनकाे घर रहेकाे स्यालपाेखरी क्षेत्रमा वाईफाई सबैका लागि फ्रि छ जाे काेहि पनि उनकाे घरक्षेत्रमा पुगेपछि माेवाईलमा घाेप्टिएर सामाजिक सन्जालमा व्यस्त रहेकाे भेटिन्छन ।

त्यसाे त घनस्याम ज्ञवालीलाई वडाध्यक्ष नवराज वि क ,वडासदस्य शुसिल श्रेष्ठको उत्तिकै साथ छ तर काम गर्ने ईच्छाशक्ति वडा सदस्य घनस्याम ज्ञवालीमा छ । पछिल्लो चरणमा जनताले भाषण हाेईन, जनप्रतिनिधि बाट काम खाेज्छ ,तत्काल डेलिभरि चाहन्छ, बिग्रेको बाटाे बनाेस ,चौविसै घण्टा बिजुली बलाेस ,पानीकाे अभाव नहाेस ,स्वास्थ शिक्षा सामाजिक विकास पुर्वाधार निर्माण यथासिध्र हाेस भन्ने चाहन्छन र यहि कुरा बुझेका युवा जनप्रतिनिधि घनस्याम ज्ञवाली जनता बिच आफुलाई स्थापित गर्न मज्जाले लागेका मात्र छैनन पाँच वर्ष पछिका लागि रुरुक्षेत्र गाउँपालिका वडा न १ काे वडाध्यक्षकाे बलियाे दावेदारका रुपमा आफुलाई उभ्याउन सक्ने हैसियत निर्माण गर्दै अगाडि बढेका छन ।