गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न ३ काे पुच्छार चिर्तुँगकाे पँधेराे नजिकै एउटा सामान्य खालकाे करिब करिब एक्लो घर, नजिकै जँगल ।
भौतिक पुर्वाधारका कुरा गर्ने हाे , घर माथिबाट गाडि दगुर्छन, घर अलि तल मदन भण्डारी राजमार्ग छ नजिकै चिर्तुँगाकाे पँधेराे पानीकाे पनि दुख छैन, तर सबैभन्दा विडम्बना गाउँ भरि बिजुली बल्दा रुरुक्षेत्र ३ चिर्तुँगका रातडाँडे कुल बहादुर विक अरुकाे घरमा बलेकाे बिजुली हेरेर अँध्याराेमा बस्न विवस छन ।
वास्तवमा उनकाे विपन्नता नै बिजुली बाल्न नसक्नुकाे कुल बहादुरकाे एउटा कारण हाे । आमा जिउँदो छँदा आमाको सामाजिक शुरक्षा भत्ताले जीवन यापन गरेका रातडाँडे कुल बहादुर वि क आमाको मृत्यु पछि टुहुराे मात्र बनेनन जिउने आधार समेत खाेसियाे । गाउँमा खासै काम पनि पाइँदैन, काम पाईहाले पनि दुईछाक हातमुख जाेड्न ठिक्क छ बिजुली जाेड्न सकिन अँध्याराेमै बस्ने गरेकाे छु, उहि अँगेनाकाे आगाकाे उज्यालोकाे भर छ कुलबहादुर विकले भने ।
राज्यले भन्छ जनताका आधारभुत आवस्यकता पूरा गर्ने काम पहिलो प्राथमिकता हाे, तर अनुत्पादक मात्र हाेईन अनावस्यक क्षेत्रमा राज्यको लगानी छ, रित्ता घरहरुका तगारामा सडक पुग्छन, शहर तिर बसेर मेराे यस्तो उस्ताे काम गर्दिनु, बिजुलीको पाेल गाड्दिनु , बाटाे बनाईदिनु, घर जाने तगारो बनाई दिनु, घर नजिकैकाे पँधेराे मर्मत गर्दिनु ,भनेर पहुँच झार्नेहरुका काम मज्जाले बन्छन तर बत्ती मुनि अँधेराे रातडाँडे कुल बहादुर विककाे घरमा बिजुली बाल्ने र उसलाई पनि उज्यालोमा राख्ने कुरामा कसैकाे ध्यान जाँदैन तर विकासका कुरा भने फलाक्ने काम भने भईरहेकाे पाईन्छ ।
प्रतिक्रिया