ताजा अपडेट »

क्रिकेट रंगशाला निर्धारित समयमै बन्छ : कट्टेल

विहीबार, १० पुस २०७६

पुस १०,

ग्लोबल आवाज

अर्घाखाँची । धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चितवनमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्धारित समयमै सम्पन्न हुने बताएका छन् । बिहीबार अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्ष कट्टेलले चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण गरिरहेको रंगशाला केही महिनामा सम्पन्न हुने बताए ।

उनले एकिकृत नमुना बस्तीजस्तै निर्धारित् समयमै रंगशाला पनि सम्पन्न हुने जानकारी दिए । उनले रंगशालामा ७७ ओटै जिल्लाका लागि एक/एकओटा कक्ष निर्माण भइरहेको बताए । तर, त्यसका लागि हरेक जिल्लाले आ-आफ्नो कक्ष निर्माणको जिम्मा लिए त्यसको अपनत्व बढ्ने जिकिर गरे ।उनले पछिल्लो समय रंगशाला निर्माणको अवलोकनका लागि दैनिक सयौं व्यक्ति आउने र उनीहरुले स्वयंसेवकको रुपमा काम गर्दा आफूहरुलाई हौसला मिलेको बताए ।